Logo

२०८३, श्रावण २७गते


images
images

कोरोना कहर अपडेट

२४ घण्टामा कोरोना भाइरस संक्रमणमुक्त हुनेको संख्या ७ हजार ९८९ पुग्यो 

२४ घण्टामा कोरोना भाइरस संक्रमणमुक्त हुनेको संख्या ७ हजार ९८९ पुग्यो 

कोरोना अपडेट
images
  • २४ घण्टामा कोरोना भाइरस संक्रमणमुक्त हुनेको संख्या ७ हजार ९८९ पुग्यो 
    images
    images


    images
    images
    images

    काठमाडौं । कोरोना भाइरसको संक्रमणबाट पछिल्लो  २४ घण्टामा २४६ जनाको मृत्यु पुष्टि भएको छ ।

    images
    images
    images

    स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार सो अवधिमा थप ८ हजार१७३ जनामा कोरोना भाइरस संक्रमण पुष्टि भएको  छ । मन्त्रालयका अनुसार पीसीआर विधिबाट ८ हजार ६४ जना र एन्टिजेन विधिबाट गरिएको परीक्षणमा १०९ गरी ८ हजार १७३ जना कोरोना संक्रमण पुष्टि भएको हो ।

    images
    images
    images

    कोरोना संक्रमणबाट एकै दिन मृत्यु हुने यो संख्या अहिलेसम्मकै उच्च रहेको  मन्त्रालयले बताएको छ । यसैगरी विगत २४ घण्टामा कोरोना भाइरस संक्रमणमुक्त हुनेको संख्या भने ७ हजार ९८९ रहेको छ ।

     यससँगै नेपालमा हालसम्म कोरोना संक्रमणबाट नेपालमा मृत्यु हुनेको संख्या ५ हजार ६५७ पुगेको छ। विगत २४ घण्टामा काठमाडौं उपत्यकामा थप २ हजार ४८६ जनामा कोरोना भाइरसका संक्रमित थपिएका छन्।

    मन्त्रालयका प्रवक्ता डा जागेश्वर गौतमका अनुसार उपत्यकामा थपिएका मध्ये काठमाडौं जिल्लामा १ हजार ९८८ जना, ललितपुर जिल्लामा २७० जना र भक्तपुर जिल्लामा २२८ जनालाई कोरोना संक्रमण भएको छ ।

    images
    images
    images
    images
    images
    images
    images
    images
    images
    images
    images
    images
  • सम्बन्धित विषय:

  • # कोरोना भाइरस
  • images

    Copyright © All right reserved to setomasi.com

    सेतोमसीमा प्रकाशित कुनै पनि सामग्रीहरू छापा, विद्युतीय वा अन्य कुनै पनि माध्यमबाट प्रकाशन वा प्रशारण गर्नुअघि अनुमति लिनुहुन अनुरोध छ ।