ध्रुब लामिछाने, देवदह । केरवानी स्वास्थ्य चौकीमा साप्ताहिक विशेषज्ञ सेवा आरम्भ भएको छ। देवदह मेडिकल कलेज भलुहीको प्राविधिक सहयोगमा आइतबारदेखि साप्ताहिक विशेषज्ञ सेवाको सुरूवात गरिएको हो।
उपलब्ध हुने विशेषज्ञ सेवामा स्त्री तथा प्रसुति रोग विशेषज्ञ चिकित्सक, रेडियोलोजीस्ट चिकित्सक लगायतका चिकित्सक द्वारा बिरामी जाँच तथा उपचार सेवा संचालन गरिएको हेल्थपोष्ट प्रमुख काशिराम रेग्मीले बताए।
देवदह नगरप्रमुख ध्रुव प्रसाद खरेलको प्रमुख आतिथ्यतामा सम्पन्न शुभारम्भ कार्यक्रममा देवदह मेडिकल कलेज भलुहिका अध्यक्ष गोपाल बहादुर पोखरेल, स्वास्थ्य चौकी व्यवस्थापन समितिका अध्यक्ष दल बहादुर राकस्कोटीको सहभागितामा रहेको थियो।
सो क्रममा देवदह नगरपालिकाका प्रवक्ता गणेश डुम्रे, स्वास्थ्य शाखा प्रमुख काशीनाथ बन्जाडे लगायतले समेत सफलताको शुभकामना व्यक्त गरेका थिए।
स्वास्थ्य चौकि व्यवस्थापन समितिका अध्यक्ष दल बहादुर राकस्कोटीको अध्यक्षता र हेल्थपोष्ट प्रमुख काशिराम रेग्मीको स्वागतमा गरिएको कार्यक्रमको सञ्चालन अहेव उमानन्द भुसालले गरेका थिए।
कार्यक्रममा ९३ जना बिरामीलाई जाँच गरिएको थियो। जसमा ७७ जना गर्भवती र १६ जना पाठेघरको समस्या भएकाहरुको जाँच गरिएको थियो। साथै ३६ जना विरामीले भिडियो एक्सरे सेवा लिएका थिए, भने ३२ जना गर्भवती महिलाको निशुल्क भिडियो एक्सरे गरिएको थियो।
त्यस्तै आगामी हप्ता पेट छाती तथा मुटुरोग विशेषज्ञ एवम् फिजिसियन डाक्टर सहितको विशेषज्ञ सेवा को लागि तयारी भइरहेको स्वास्थ्य चौकी प्रमुख काशीनाथ रेग्मीले बताए।
Copyright © All right reserved to setomasi.com
Site By: SobizTrend Technology