Logo

२०८३, आश्विन ९गते


images
images

केरवानी स्वास्थ्य चौकी बन्यो देवदहको पहिलो किशोरकिशोरी मैत्री स्वास्थ्य संस्था

केरवानी स्वास्थ्य चौकी बन्यो देवदहको पहिलो किशोरकिशोरी मैत्री स्वास्थ्य संस्था

images
  • सेतोमसी सहकर्मी
  • केरवानी स्वास्थ्य चौकी बन्यो देवदहको पहिलो किशोरकिशोरी मैत्री स्वास्थ्य संस्था
    images
    images

    देवदह । देवदह नगरपालिका वडा नं २ मा अवस्थित केरवानी स्वास्थ्य चौकीलाई किशोर-किशोरीमैत्री स्वास्थ्य सेवायुक्त स्वास्थ्य संस्था घोषणा गरिएको  छ । सोमबार एक कार्यक्रमबीच देवदह नगरपालिकाका नगरप्रमुख ध्रुवप्रसाद खरेल र उप-प्रमुख विद्यालक्ष्मी गुरुङ्गले संयुक्त रूपमा किशोर-किशोरीमैत्री स्वास्थ्य सेवायुक्त स्वास्थ्य संस्था घोषणा भएको प्रमाण पत्र स्वास्थ्य चौकीलाई प्रदान गरे । 

    images
    images
    images

    घोषणासंगै केरवानी स्वास्थ्य चौकी देवदहको पहिलो किशोर-किशोरीमैत्री स्वास्थ्य सेवायुक्त स्वास्थ्य संस्था बनेको छ । 

    images
    images
    images

    जिल्ला स्वास्थ्य कार्यालय र देवदह नगरपालिकाको अनुगमनमा संस्थाले आवश्यक सबै मापदण्ड पुरा गरेको देखिएको हुनाले प्रमाण-पत्र प्रदान गरिएको नगर प्रमुख ध्रुवप्रसाद खरेलले बताए । किशोर-किशोरीमैत्री स्वास्थ्य सेवायुक्त स्वास्थ्य संस्था घोषणा हुन आवश्यक मापदण्डको ८० प्रतिशत मात्रै मापदण्ड पुरा गरेको अवस्थामा प्रमाणपत्र दिन सकिने भएपनि केरवानी  स्वास्थ्य चौकीले ९७.७७ प्रतिशत मापदण्ड पुरा गरेकोले यसलाई स्वास्थ्य सेवायुक्त स्वास्थ्य संस्था घोषणा गरिएको नगर प्रमुख विद्यालक्ष्मी गुरुङले बताइन् । 

    images
    images
    images

    kerwani helthpost2.jpeg
    स्वास्थ्य संस्था किशोर-किशोरीमैत्री स्वास्थ्य सेवायुक्त हुनको लागि किशोरकिशोरीलाई जाँच गर्ने अलग्गै कक्ष लगायतका मापदण्ड पुरा गरिएको हुनुपर्छ । जसमा उनीहरूको गोपनीयतालाई ख्याल गरिनुपर्ने लगायतका शर्त राखिएको हुन्छ । 

    वि. सं. २०५९ सालमा उपस्वास्थ्य चौकीको रूपमा स्थापना भएको केरवानी स्वास्थ्य चौकी २०७१ सालदेखि स्वास्थ्य चौकीको रूपमा संचालित छ । 

    स्वास्थ्य चौकीमा नियमित विरामी जाँचसंगै समुदायमा आधारित नवजात तथा एकीकृत बालरोग व्यवस्थापन, गर्भवती जाँच, सुत्केरी महिलाको जाँच, प्रयोगशाला लगातका सेवा दिंदै आएको प्रमुख काशीनाथ रेग्मीले जानकारी दिए । 

    गतवर्ष ७ हजार बढी विरामीलाई सेवा दिएको स्वास्थ्य चौकीले यो वर्ष ८ हजार जनाको स्वास्थ्य परिक्षण गर्ने लक्ष्य लिएको छ । 

    स्वास्थ्य चौकीलाई किशोर-किशोरीमैत्री स्वास्थ्य सेवायुक्त स्वास्थ्य संस्था घोषणा गर्ने कार्यक्रममा देवदह नगरपालिका वडा नं २ का वडा अध्यक्ष दलबहादुर राकस्कोटी, कार्यपालिका सदस्य गीता भण्डारी, वडा सदस्यहरू, नगर स्वास्स्थ्य शाखाका कर्मचारी लगायतको उपस्थिति रहेको थियो ।kerwani helthpost 3.jpeg

    images
    images
    images
    images
    images
    images
    images
    images
    images
    images
    images
    सेतोमसी सहकर्मी
    images

    Copyright © All right reserved to setomasi.com

    सेतोमसीमा प्रकाशित कुनै पनि सामग्रीहरू छापा, विद्युतीय वा अन्य कुनै पनि माध्यमबाट प्रकाशन वा प्रशारण गर्नुअघि अनुमति लिनुहुन अनुरोध छ ।