Logo

२०८३, आश्विन ९गते


images
images

केरवानी स्वास्थ्य चौकीमा वर्षमा ६ हजार बढीलाई स्वास्थ्य सेवा, देवदह-२ पूर्ण प्रसुती वडा बन्ने

केरवानी स्वास्थ्य चौकीमा वर्षमा ६ हजार बढीलाई स्वास्थ्य सेवा, देवदह-२ पूर्ण प्रसुती वडा बन्ने

images
  • केरवानी स्वास्थ्य चौकीमा वर्षमा ६ हजार बढीलाई स्वास्थ्य सेवा, देवदह-२ पूर्ण प्रसुती वडा बन्ने
    images
    images

    देवदह । केरवानी स्वास्थ्य चौकी देवदह–२, को सामाजिक परिक्षण कार्यक्रम सम्पन्न भएको छ । स्वास्थ्य चौकीले बर्षभरी प्रदान गरेको सेवा प्रवाहको एक कार्यक्रमका वीच सामाजिक रिक्षण सार्वजनिक गरिएको हो । 

    images
    images
    images

    केरवानी स्वास्थ्य चौकी देवदह–२, को सामाजिक परिक्षण सार्वजनिक कार्यक्रममा ग्रिन तारा नेपालले सहजीकरण गरेको थियो । सामाजिक परिक्षण कार्यक्रममा प्रतिवेदन प्रस्तुत गर्दै केरवानी स्वास्थ्य चौकीका ईन्चार्ज काशीराम रेग्मीले आर्थिक बर्ष २०७९÷८० मा स्वास्थ्य चौकीबाट ६ हजार ३ सय ७८ जनालाई सेवा प्रदान गरेको जानकारी दिए । उनले स्वास्थ्य संस्थाले प्रत्येक सरदरमा २२ जनालाई सेवा प्रवाह गरेको बताए । 

    images
    images
    images

    नवशिशु  तथा वालरोगको एकिकृत व्यवस्थापन गरेको जानकारी दिदै स्वास्थ्य चौकीले एक बर्षमा १ सय २२ जना महिलालाई प्रसुती सेवा प्रदान गरेको रेग्मीले जानकारी दिए । उनले केरवानी स्वास्थ्य चौकीले आमनागरिकको घर÷घरमा गएर सुत्केरी परिक्षण गरिएको जानकारी दिए  । 

    images
    images
    images

    स्वाथ्य चौकीमा महिलाहरुको पाठेघरको समस्याको परिक्षण, गर्भवती महिलाको परिक्षण, साप्ताहिक रुपमा विशेषयज्ञ सेवा प्रदान गर्दै आएको छ । 

    बार्षिक प्रतिवेदन प्रस्तुत गर्दै रेग्मीले देवदह–२ लाई पूर्ण प्रसुती वडा घोषणा गर्ने गरी स्वास्थ्य चौकी अगाडि बढिरहेको बताए । 

    सोही अवसरमा बोल्दै ग्रिन तारा नेपालका कार्यक्रम संयोजक सावित्रा गिरीले केरवानी स्वास्थ्य संस्थासंग सहकार्य गरेर स्वास्थ्य क्षेत्रमा काम गरिरहेको बताए । उनले गरिव र विपन्न बर्गलाई स्वास्थ्यमा पहुच पु¥याउने ग्रिन तारा नेपालले काम गरेको बताइन । केरवानी स्वास्थ्य संस्थाका कार्यरत स्वास्थ्यकर्मी, महिला स्वयमसेवीलाई तालिम दिनुका साथै व्यवस्थापन समितिलाई अभिमुखीकरण कार्यक्रम गरेको उनले  बताईन । 

    कार्यक्रममा बोल्दै जिल्ला जनस्वास्थ्य कार्यालय रुपन्देहीका प्रमुख गौरव ढकालले हरेक स्वास्थ्य संस्थामा बार्षिक रुपमा सामाजिक लेखापरिक्षण गर्न आवश्यक रहेको औल्याए  । उनले सामाजिक लेखापरिक्षणले संस्थालाई पारदर्शि बनाउन मद्दत पुग्नेमा जोड दिए । 

    केरवानी स्वास्थ्य चौकी व्यवस्थापन समितिका अध्यक्ष एवं देवदह–२, का वडाअध्यक्ष दलबहादुर राकासकोटीको अध्यक्षतामा भएको कार्यक्रममा कार्यपालिका सदस्य गीता भण्डारी लगायतले आ–आफना भनाई राखेका थिए । केरवानी स्वास्थ्य चौकी व्यवस्थापन समितिका उपाध्यक्ष एवं वडा सदस्य बेलुमाया बम्रेलको स्वागत र कृष्ण ढकालको संचालनमा कार्यक्रम सम्पन्न भएको थियो ।

    केरवानी स्वास्थ्य चौकीमा दैनिक बिरामी जाँच तथा उपचार सेवा, सिघ्र कुपोषणको एकिकृत व्यवस्थापन सेवा, गर्भवती जाँच, २४ सै घन्टा प्रसुति सेवा, पाठेघरको मुखको क्यान्सरको परीक्षण सेवा, प्रयोगशाला सुविधाको साथै ७० वर्ष माथिका जेष्ठ नागरिक र गर्भवती महिलाको लागि निःशुल्क प्रयोगशाला परिक्षण, निशुल्क भिडियो एक्सरे सेवा, क्षयरोग तथा कुस्ठरोग निदान तथा उपचार सेवा, निशुल्क सुरक्षित गर्भपतन सेवा लगायतका सेवाहरू  उपलब्ध रहेको कार्यालय जनाएको छ  । 

    images
    images
    images
    images
    images
    images
    images
    images
    images
    images
    images
    images

    Copyright © All right reserved to setomasi.com

    सेतोमसीमा प्रकाशित कुनै पनि सामग्रीहरू छापा, विद्युतीय वा अन्य कुनै पनि माध्यमबाट प्रकाशन वा प्रशारण गर्नुअघि अनुमति लिनुहुन अनुरोध छ ।