Logo

२०८३, आश्विन २१गते


images
images

केरवानी स्वास्थ्य चौकीमा स्वास्थ्य शिविर: दुई महिलामा पाठेघरको क्यान्सर भेटियो

केरवानी स्वास्थ्य चौकीमा स्वास्थ्य शिविर: दुई महिलामा पाठेघरको क्यान्सर भेटियो

images
  • केरवानी स्वास्थ्य चौकीमा स्वास्थ्य शिविर: दुई महिलामा पाठेघरको क्यान्सर भेटियो
    images
    images

    देवदह । देवदहको केरवानी स्वास्थ्य चौकीमा महिलाहरुको स्तन तथा पाठेघरको मुखको क्यान्सरको प्रारम्भिक परिक्षण गरिएको छ । लायन्स इन्टरनेसनल डिस्ट्रिक्ट ३२५ पी नेपालको आयोजना र केरवानी स्वास्थ्य चौकीको प्राविधिक सहयोगमा सञ्चालित शिविरमा १७६ जना महिलाले स्वास्थ्य परीक्षण तथा परामर्श सेवा लिएको केरवानी स्वास्थ चौकीका जनस्वास्थ्य निरीक्षक काशीराम रेग्मीले जानकारी दिए ।

    images
    images
    images

    शिविरमा स्त्री, प्रसूति तथा क्यान्सर रोग विशेषज्ञ डा. नारायण जीसीसहितको स्वास्थ्य टोलीले स्वास्थ्य परिक्षण गरेको थियो ।

    images
    images
    images

    स्वास्थ परिक्षणमा एक महिलाको भि एल ए पोजिटिभ देखिएको छ भने दुई महिलामा पाठेघरको क्यान्सर र एक महिलामा स्तन क्यान्सरको लक्षण देखिएको छ । परीक्षण गराएका आधाभन्दा बढी महिलामा सेतो पानी बग्ने तथा चिलाउने समस्या देखिएको स्वास्थकर्मीहरुले जनाएका छन् ।

    images
    images
    images

    शिविरमा सेवा लिन छुटेका महिलाहरूले केरवानी स्वास्थ्य चौकीबाट नियमित सेवाअन्तर्गत हरेक महिनाको १७ र ३० गते परीक्षण सेवा लिन सक्ने छन् ।

     

     

     

     

    images
    images
    images
    images
    images
    images
    images
    images
    images
    images
    images
    images

    Copyright © All right reserved to setomasi.com

    सेतोमसीमा प्रकाशित कुनै पनि सामग्रीहरू छापा, विद्युतीय वा अन्य कुनै पनि माध्यमबाट प्रकाशन वा प्रशारण गर्नुअघि अनुमति लिनुहुन अनुरोध छ ।