काठमाडौं । पछिल्लो २४ घण्टामा थप ११९ जनामा कोरोना संक्रमण पुष्टि भएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जानकारी दिएको छ।
४ हजार ०८४ जनाको परीक्षण गरिएकोमा सो संख्यामा संक्रमण देखिएको हो । १९५५ जनाको पिसिआर गर्दा ८९ जना र २ हजार १२९ जनाको एन्टिजेन परीक्षण गर्दा ३० जनामा संक्रमण देखिएको हो।
यसको संक्रमणबाट निको भएर १३० जना घर फर्किएका छन्। देशभर २ हजार १९१ जना सक्रिय संक्रमित छन्।
Copyright © All right reserved to setomasi.com
Site By: SobizTrend Technology