Logo

२०८३, आश्विन ९गते


images
images

उत्कृष्ट सेवा दिने सरकारी अस्पताललाई पुरस्कृत गर्ने स्वास्थ्य मन्त्रालयको योजना

उत्कृष्ट सेवा दिने सरकारी अस्पताललाई पुरस्कृत गर्ने स्वास्थ्य मन्त्रालयको योजना

images
  • उत्कृष्ट सेवा दिने सरकारी अस्पताललाई पुरस्कृत गर्ने स्वास्थ्य मन्त्रालयको योजना
    images
    images

    काठमाडौँ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले अस्पताल सेवा सुधार कार्यविधि, २०८२ को प्रभावकारी कार्यान्वयन गर्दै उत्कृष्ट सेवा प्रदान गर्ने सरकारी अस्पताललाई छनोट गरी पुरस्कृत गर्ने योजना अघि सारेको छ।

    images
    images
    images

    नेपाल सरकार मन्त्रिपरिषद्को २०८२ साल चैत १३ गतेको बैठकबाट स्वीकृत शासकीय सुधारसम्बन्धी एक सय कार्यसूचीमध्ये स्वास्थ्य क्षेत्र सुधारअन्तर्गत अस्पताल सेवाको सुधारलाई पहिलो प्राथमिकतामा राखिएको थियो । सोहीअनुसार ‘अस्पताल सेवा सुधार कार्यविधि, २०८२’ कार्यान्वयनमा ल्याइएको मन्त्रालयले जनाएको छ ।

    images
    images
    images

    कार्यविधि लागू भए पनि यसको प्रभावकारी कार्यान्वयन र अस्पताल सेवामा थप सुधारका लागि आवश्यक पहल गर्नुपर्ने देखिएकाले मन्त्रालयले सबै सरकारी अस्पताललाई सेवा सुधारमा सक्रिय हुन आग्रह गरेको छ ।

    images
    images
    images

    संघ, प्रदेश र स्थानीय तहअन्तर्गत रहेका सरकारी अस्पतालमध्ये कार्यविधि कार्यान्वयनमा उत्कृष्ट कार्यसम्पादन गर्ने अस्पताललाई छनोट गरी निकट भविष्यमा सम्मान तथा पुरस्कार प्रदान गर्ने मन्त्रालयको योजना रहेको छ ।

    मन्त्रालयले सबै तहका अस्पताललाई कार्यविधिको प्रभावकारी कार्यान्वयन गर्दै नागरिकको अपेक्षाअनुसार स्वास्थ्य सेवा प्रवाह सुधार गर्न आग्रह गरेको छ ।

    मन्त्रालयले अस्पताल तथा स्वास्थ्यकर्मीको मनोबल उच्च बनाउन आफू प्रतिबद्ध रहेको समेत जनाएको छ । 

     

     

    images
    images
    images
    images
    images
    images
    images
    images
    images
    images
    images
    images

    Copyright © All right reserved to setomasi.com

    सेतोमसीमा प्रकाशित कुनै पनि सामग्रीहरू छापा, विद्युतीय वा अन्य कुनै पनि माध्यमबाट प्रकाशन वा प्रशारण गर्नुअघि अनुमति लिनुहुन अनुरोध छ ।