देवदह । सम्पूर्ण देवदहबासीको एउटै पहिचान सुशासनयुक्त र भ्रष्टाचार मुक्त देवदह अभियान नारा बोकेको जनपक्षीय संयुक्त संयन्त्र देवदहले नगरपालिकालाई ज्ञापन पत्र बुझाएको छ । नेकपा माओवादी केन्द्र, नेकपा एकीकृत समाजवादी, नेकपा क्रान्तिकारी माओवादी, राष्ट्रिय जनमुक्ति पार्टी, राष्ट्रिय जनमोर्चा, नेपाल समाजवादी पार्टी र नेकपा बहुमत पार्टी संलग्न रहेको संयुक्त संयन्त्रले आइतबार नगर प्रमुख ध्रुव प्रसाद खरेल, उप प्रमुख विद्यालक्ष्मी गुरुङ्ग र प्रमुख प्रशासकीय अधिकृत प्रदिप पौडेल समक्ष देवदहको समग्र क्षेत्रमा करिब डेढ महिना लगाएर अध्ययन, अनुगमन गरि तयार गरिएको प्रतिवेदन पेश गरेको हो । 
संयन्त्रले देवदह नगरपालिकाको पुर्वाधार बिकास, शिक्षा, स्वास्थ्य, कृषि, पर्यटन, नीतिगत भ्रष्टाचार, आर्थिक अनियमितता, सुकुम्बासी समस्या लगायतका विषयमा बुँदागत सुझावसहितको प्रतिवेदन पेश गरेको हो । प्रतिवेदन संयन्त्रका संयोजक टंक पोखरेलले वाचन गरेर सुनाएका थिए । उनले नगरको नारा कृषि, पर्यटन र पुर्वाधार समृद्ध देवदहको आधारलाई समेत ख्याल नगरी कृषि र पर्यटनको क्षेत्रमा नगरको कार्यक्रम उदासीन रहनु दु:खद भएको बताउँदै पुर्वाधार बिकासको क्षेत्रमा नगरपालिकाकै भवनदेखि लिएर लगभग सबैजस्तो सडक तथा भवन निर्माणमा गुणस्तर कायम नभएको दाबी गर्नुभयो । संयोजक पोख्रेलले प्रतिवेदनको विश्लेषणात्मक प्रस्तुति गरेका थिए ।
ज्ञापन पत्र बुझ्दै नगर प्रमुख ध्रुब प्रसाद खरेलले संयन्त्रले पेश गरेका सुझावहरु गम्भीर रुपमा अध्ययन गरेर अगाडि बढ्ने प्रतिक्रिया दिए । प्रमुख खरेलले नेतृत्वलाई सकारात्मक तवरले खबरदारी गर्दै देवदहको समग्र विकासमा चासो देखाएको प्रती संयन्त्रलाई धन्यवाद व्यक्त गरेका थिए ।
संयन्त्रले आइतबार नै पत्रकार सम्मेलन आयोजना गरि सो को बारेमा जानकारी गराएको छ । खासगरी देवदहका समग्र पक्षमा भइरहेका कामहरुलाई प्रभावकारी बनाउनका लागि खबरदारी गर्ने, आवश्यक नीति तथा कार्यक्रम निर्माण र सञ्चालनका लागि दबाबमुलक अभियान सञ्चालन गर्ने, सम्पन्न भैसकेका गुणस्तरहिन कामहरुको छानबिनका लागि दबाब सृजना मार्फत आर्थिक पारदर्शिता कायम गर्दै समुचित विकास गर्न र सुशासनयुक्त नगर निर्माणका लागि निरन्तर लाग्ने संयन्त्रले जनाएको छ ।
प्रतिवेदनको पूर्ण पाठ (जस्ताको तस्तै)
श्रीमान नगर प्रमख ज्यू
देवदह नगरकार्यपालिकाको कार्यलय
देवदह‚ रुपन्देही
विषयः प्रतिवेदन सम्बन्धमा ।
पृष्ठभुमि
यस देवदह नगरपालिका भित्र रहेका विभिन्न राजनैतिक दलहरूको साझा संगठन जनपक्षीय संयुक्त संयन्त्र‚ देवदह गठन भै यसले आफ्नो गतिविधिहरू संचालन गदै आएको छ । यसको मूल उद्देश्य देवदह नगरपालिकामा सुशासन‚ गुणस्तरीय विकास र आर्थिक पारदर्शिता कायम गर्न हो । हामीले विगतलाई नियालेर हेर्ने काम ग¥यौ‚ जसबाट देवदहको कहाली लाग्दो विक्षिप्त अवस्था बाहेक केही भेट् सकेनौ । हामी यो देवदहको मुहार फेर्ने गरी श्रमजीवी वर्ग‚ गरीब किसान‚ मजदहरुको अनुहारमा आशाका किरण देख्न चाहन्छौं । र हामी अठोटका साथ यो अभियानमा अग्रसर भएका छौं । देवदहमा सञ्चालन हुने हरेक गतिविधिमा हामी निगरानी गर्ने‚ राम्रा एवं जनपक्षीय कार्यलाई सहयोग समर्थन गर्ने र गलत कार्यहरूको विरोध गरि सही मार्गमा ल्याउन प्रेरित गर्ने‚ सुधार नभएमा न्यायको ढोका ढकढकाउने सम्मका कार्य गर्ने छौ ।
देवदह न.पा.का सबै वडाहरुको समग्र अवस्था बुझ्न‚ अब अगाडिको देवदह कस्तो बनाउने‚ कस्ता योजना जनप्रतिनिधिहरू सँग छन ? भन्ने विषयमा अवलोकन अध्ययन गरि देवदहका १२ वटै वडाका वडाअध्यक्षहरू‚ विद्युत कार्यलयका‚ खानेपानी कार्यलय ‚ देवदहका स्वास्थ्य चौकीहरू‚ देवदह शिक्षा शाखा‚ जनस्वास्थ्य शाखा‚ कृषि शाखा‚ प्रमुख पूर्वाधार विपत व्यवस्थापन शाखा‚ पशु शाखा लगायत विकास निर्माण तथा हालै निर्मित वडा कार्यालय भवनहरु‚ कालो पत्रे बाटोहरु देवदह कोसेली भवन‚ शित्तलनगर हाट बजार शौचालय‚ हाट बजार‚ सडकहरु समेतका अनुगमन‚ अध्ययन सम्पन्न गरेका छौं ।
देवदह नगरपालिकाले पास गरेका नीति‚ नियम विधि विधानको परिधिमा रहि विगत पाँच वर्षको कार्यकालमा गरिएका कार्यहरु समेतको प्रथम चरणको अध्ययन प्रतिवेदनमा देवदह नगरपलिका भित्र भए गरेको र त्यस आधारमा रहेर गरेका कार्यहरुको यथार्थपरक जस्ताको त्यस्तै उल्लेख गरि प्रस्तुत गरेका छौं ।
पूर्वाधार तर्फ
१) देवदह नगरपालिकाले दिगो विकास नीति पारित गरेको छ । तर निर्माण गरिएका संरचनाहरु अत्यन्तै
अल्पकालिन छन्‚ स्तरहिन छन् तर ति सबै संरचनाहरु संबन्धित निकायबाट स्वीकृत भै फरस्यौट गरिएका छन ।
० वडा न. ३ को फुलवारीटोलको कालोपत्रे बाटो ।
० वडा न. २ को बुद्धटोल देविथानको कालोपत्रे बाटो ।
० लौकेश्वर मन्दिर देखी प्रगतिबजार हुदै न.पा. जाने कालोपत्रे बाटो ।
० निर्माण संम्पन्न तथा संञ्चालित सबै वडाहरुको कालोपत्रे वाटोहरु स्तरहिन भएकाले ल्याव परिक्षण गरिनु पर्दछ ।
० देवदह नगरपालिका भवन (चर्किएको‚ छत चुहिएको) ।
० वडा नं. ८ को वडा कार्यालय भवनको छत चुहिएको ।
० वडा नं. ६ को वडा कार्यालय भवन निर्माण सामाग्री स्तरहिन प्रयोग गरिएकाले छानविन हुनु पर्ने ।
नोटः निती दिर्घकालीन (दिगो विकास)
कार्यः अति अल्पकालीन र स्तरहिन
नीति विपरित कार्य गर्ने‚ कार्य अनुगमन गर्ने र प्रविधिक जाँच पास गरि प्रमाणित गर्ने‚ सदर गर्ने‚ र भुक्तानि गर्ने कार्यका सवै जवाफदेही बन्नु पर्दछ ।
शिक्षातर्फ
० सामूदायिक विद्यालयमा विद्यार्थी संख्या बढाउन ठोस कदम नचालेको ।
० सिकाइमा सुधारका लागि आवश्यक अनुगमन निरीक्षण नगरिएको देखियो ।
० शिक्षकहरुलाई उत्साहित गर्ने कार्यमा कमि देखियो ।
० अधिकांश योजनाहरु दोहो¥याई तेहे¥याई राखेर बजेट विनियोजन गरेकोपाइयो ।
० शैक्षिक वेरोजगारी व्याप्त मुलुकमा सेवा निवृत्त शिक्षकलाई महत्वपूर्ण स्थानमा शिक्षण कार्यगर्न किन लगाइन्छ ?
० कक्षा ६ देखि माथी १२ सम्मको पाठ्यक्रम प्राविधिक बनाइ थोरै अध्ययन गर्ने विद्यार्थीले पनि सानो तिनो
व्यवसाय सञ्चालन गरि जिवीकोपार्जन गर्न सक्ने किसिमको स्थानीय पाठ्यक्रम बनाई लागु गर्नु पर्ने ।
० पालिका भित्रका सम्पूर्ण समान तहका सामुदायिक विद्यालयहरुलाई बिकासका योजना र दिइने अनुदान
समानुपातिक रुपमा प्रदान गर्नुपर्ने ।
० विद्यालयमा शिक्षा विभागद्वारा त्रैमासिक रुपमा अनिवार्य रुपमा विद्यालय निरीक्षण साथै कक्षा र शिक्षक निरीक्षण
गर्नु पर्ने ।
० सामुदायिक विद्यालयमा कुनै किसिमको पनि शुल्क उठाउन नपाइने ।
० बार्षिक योजनामा राखिएका कार्यकम के कति कार्यन्वयन भए भएनन् त्यसको समिक्षा लेखाजोखा गरि पारदर्शिता
हुनु पर्ने ।
० आधारभूत तर्फ पूर्वाधार निर्माणमा ध्यान नपुगेको ।
० शिक्षकलाई दण्ड पुरस्कारको व्यवस्था र कार्यान्वयन हुनु पर्ने ।
० खास गरि आधारभूत तर्फ कक्षा अनुसार दरबन्दी र अनूदानको व्यवस्था हुनु पर्ने‚ तर नभएको ।
० विद्यालय सञ्चालन खर्चमा अनुदानको व्यवस्था नभएको ।
० शिक्षकहरुलाई उपलव्धी मूलक तालिमको व्यवस्था हूनुपर्ने ।
० प्रविधी सिकाइका लागि ल्यापटपको व्यवस्था हुनुपर्ने ।
० अभिभावक सचेतना कार्यकम हुनु पर्ने ।
० देवदह नगर शिक्षा शाखाले बाषिर्क कार्यपात्रो निर्माण गरि सो अनुरुप कार्य भए नभएको निरीक्षण र अभिलेख
राख्ने व्यवस्था मिलाउनु पर्ने ।
स्वास्थ्य तर्फ
० नगर अस्पताल देवदह सिघ्र संञ्चालनमा ल्याउनु पर्ने ।
० चौबिस घण्टा इमर्जेन्सी सेवा प्रदान गर्ने व्यवस्था मिलाउनु पर्ने ।
० राज्यले निशुल्क भनि घोषणा गरेको ९८ प्रकारका औषधीहरु अनिवार्य व्यवस्था गर्नुपर्ने । हाल ३७ प्रकारका
मात्र उपलव्ध रहेको पाइयो ।
० स्वास्थ्य शाखा बाट दिइने सुविधाहरु सर्वसाधारण सम्म पु¥याउने प्रभावकारी काम गर्न नसकेको हुदा जनता सो
सुविधा वाट बञ्चित रहेको पाइयो ।
० सरुवा रोगहरु संम्बन्धि जनचेतना मूलक कार्यहरु‚ दिर्घरोगीहरुको सुविधा सम्बन्धमा जानकारी दिने कार्यहरु
अविलम्ब गर्नुपर्ने ।
० नगरपालिकाले औषधी खरीद टेण्डर समयमै गर्नुपर्ने जस्ले गर्दा स्वास्थ्य संस्थामा औषधी अभाव हुन
नदिने गरी व्यवस्था अनिवार्य गर्ने ।
० डिजीटल एक्स रे सेवाको लागि आवश्यक व्यवस्था मिलाउनु पर्ने ।
० देवदह स्वास्थ्य चौकीलाइ स्वास्थ्य केन्द्रको रुपमा स्तरोन्नती गर्नु पर्ने ।
० वार्ड नं. ५ मा रहेको देवदह स्वास्थ्य चौकीको भिडियो एक्स–रे मसिन लामो समय देखि विग्रेको हुनाले
जन सरोकारका सामाग्रीहरु समयमै मर्मत गरी सेवा सूचारु गर्ने जवकि मर्मत संभारमा ठुलो रकम
विनियोजन हुन्छ ।
० नियमित गर्ने कार्यहरुको वाषिर्क क्यालेण्डर बनाई जनतालाई सुचित गर्ने ।
० अपाङ्ग तथा जेष्ठ नागरिकलाई संबन्धित ठाँऊ‚ कोठामा पु¥याई सेवा लिने सहज वातावरण मिलाउनु पर्ने ।
० सेवाग्राही लाई दिइने कार्यक्रमहरुमा कुनै पद गाँसेर बनाउनुको कारण के हो ? त्यसलाई हटाएर सिधै
कार्यक्रमको मात्र नाम राख्न् उपयुक्त देखिन्छ । जस्तैः उपप्रमुख संग सुत्केरी आमा‚ मेयर संग यूवा जस्ता
अनावश्यक नाम हटाइनु पर्ने ।
० स्वास्थ्य स्वयंसेविकाहरुलाइ दिइने सञ्चार खर्च न्युन राख्नुको कारण के हो ? जव कर्मचारीहरुलाई भत्ताको
डंगुर लगाइएको छ‚ फिल्ड भत्ता तोकेर कम्तीमा मासिक ५००० सम्म दिने व्यवस्था मिलाउनु पर्छ ।
० कोरानाका समयमा अग्रस्थानमा काम गर्ने स्वास्थ्यको प्रोत्साहन भत्ता आज सम्म नपाएको भेटीयो
तोकिएको सो अवधिको भत्ता अनिवार्य उपलब्ध गराउन जोडदार माग गर्दछौं ।
० अनावश्यक शिर्षक र शिर्षक डुप्लिकेशन अपराध जन्य छ । कर्मचारी तथा पदाधिकारीहरुले कोठा वाहिर
पाइला टेक्दा पाइलै पिच्छे भत्ता दिनु निती विपरित‚ जन हित विपरित छ । भत्ताका सबै शिर्षक कटौती गरी
बिकास निर्माणमा लगाइनु पर्छ ।
विपद् व्यवस्थापन
० आजको मिति सम्म (वर्षा लाग्दा पनि) नगर स्तरिय विपद व्यवस्थापन गर्ने कुनै संयन्त्र निर्माण नभएको
पाइयो। मध्य वर्खा सम्म पनि विपद व्यवस्थापन फोर्स वारे कुनै सोच बिकास नहुनुले नगर सरकार
जनताको जनधन प्रति संवेदनशील नभएको देखियो ।
० विपद व्यपस्थापनमा आवश्यक सामाग्री समेत के के छन्‚के खरिद गर्नु पर्ने भन्ने समेतको अभिलेख नरहेको
देखियो‚ किन यस्तो गैर जिम्मेवार छ स्थानिय सरकार ?
० विपद जोखिम न्यूनिकरणको लागि जलजोखिम क्षेत्र किटान नहुनु‚ जोखिम क्षेत्रका बस्ती खालि गर्ने भन्ने
बारेमा पालिका आफै अन्योल रहनू आपत्ति जनक छ । तुरुन्त व्यवस्थापन गर्नु पर्छ ।
० बिपद व्यवस्थापन कोषको रकम ६० लाखबाट बृद्धि गर्नुपर्ने ।
पर्यटन
० पर्यटन बारे पालिका मौन छ किन ?
देवदहको मूल नारामा पर्यटन पनि समृद्ध देवदहको एक मुख्य आधार हो भन्ने बुझिन्छ , तर पर्यटन विकासका
कम्पोनेन्टहरु समेतको जानकारी नगरपालिकालाई हेक्का नरहेको देखिन्छ । जस्तैः पर्यटनको बिकासको लागि होटल
तथा आवास एक प्रमूख कम्पोनेन्ट हो तर त्यस सम्बन्धी कुनै शब्दसम्म नीति कार्यकम तथा बजेट विनियोजनमा
ध्यान पुगेको पाइएन दुःखको कुरा हो । साथै पर्यटन क्षेत्रमा विनियोजित जम्मा १० लाखले के विकास गर्ने
सोचेको हो यसले नगरपालिकाको मुल नारालाई उपहास गर्दैन र ?
० पर्यटन बारेमा पालिका मौन देखिनु अत्यन्तै आपत्तीजनक छ मौन किन? पर्यटकहरुलाइ कम्तिमा १ दिन देवदहमा
बास बस्ने गरि पर्यटन पूर्वाधार बिकास गर्ने बारे नगरपालिका मौन किन? पर्यटकिय क्षेत्र विकासका प्रसस्तै
संभावना हुदा पनि कूनै कार्यकम नआउदा हामी अचम्मित छौं ।
० पर्यटन क्षेत्रमा कार्यरत संस्थाहरुको सूचीकरण सम्म गर्ननसक्नु संबन्धित स्टेक होल्डर सँग छलफल समेत
चलाउने सोच सम्म नदेखिनुले देवदहको समृद्धिको नारा केवल झारा टार्ने कार्यमात्र हो ।
० यसोधरा पार्क निर्माणमा डि पि आर अनुरुप नभएको देखिन्छ‚ सो पार्क वारे छानविन गर्नु पर्ने ।
कृषि तथा भुमि
० राष्ट्रिय भुमि आयोगद्धारा लिइने राजश्वमा नगरपालिका द्धारा गरिएको मूल्य निर्धारण पूर्ण रुपमा
अवैज्ञानिक छ । भौगोलिक विविधतालाई ख्याल गरि न्यायोचित ढंगले मूल्य निर्धारण गर्नु पर्ने ।
० राष्ट्रिय भुमि आयोगद्धारा वितरण गरिने जग्गा धनी दर्ता प्रमाण पूर्जा पुरानै पूर्जा सरह सवै सरकारी
काममा मान्यता पाउने व्यवस्था गरिनु पर्ने ।
० गत आर्थिक वर्ष भित्र कृषि सेवा अन्तर्गत सम्पन्न भएका कार्यहरु के के हन्? कार्यन्वयन हुन नसकेका के
के हुन ? किन भएन त्यसको कुनै लेखाजोखा समिक्षा देखिदैन ।
० बजेटमा दिइएको योजनाहरु अध्ययन गर्दा गोलमटोल गरेर राखिएको पाइयो कति कार्यकम ठोस उपलब्धी
मूलक भएको पाइएन ।
० गत बर्ष धानको बीउ र बाली भित्रयाउने बेलामा बर्षा द्वारा भएको क्षतीको बिवरण पाए पनि किसानले
राहत पाएनन् । किन ?
० सिचाइ व्यवस्थापनको लागि आवश्यक राय सल्लाह चिन्तन सोच राखेको पाइएन कूलो निर्माण‚
डिपबोरिङको व्यवस्था हुनुपर्नेमा सो पाइएन ।
० कृषकहरुले समयमा मलखाद किटनासशक औषधी नपाएर उत्पादनमा हस आइरहेको छ ‚नगरपालिकाले यसमा
चिन्ता र चासो लिएको पाइएन ।
० देवदहमा रेखाङ्कन भएका सार्वजनिक जग्गाको क्षेत्रफल कति छ । त्यसमा पशुलाई आवश्यक खालका डाले
घाँस लगायत भुई घाँस उत्पादन गरि कृषकलाई वितरण गर्ने प्रणलीको विकास गर्नु आवश्यक छ संयन्त्र
यस्ता रचनात्मक कार्यको लागि न.पा. सँग सहजिकरण गर्ने गरि जोडदार माग गर्दछ
० दुग्ध उत्पादक किसानलाई प्रोत्साहन गर्न के के कार्यहरु रहेका छन् ?
० शाखा प्रमुखहरु वा कर्मचारीहरुको विषय सँग सम्वन्धीत लाई मात्र जिम्मा दिईनु पर्ने ।
० कृषि विषयमा अध्ययन गरेकोलाई पशु शाखा प्रमुख बनाईनु पर्ने कारण के होला ?
० किसानहरुको लागि वालि विमा कार्यक्रम यथासिघ्र लागु गर्नु पर्ने ।
निष्कर्षः–
माथि उल्लेखित विभिन्न शिर्षक उप शिर्षक‚ वडाका योजनाको स्तर कार्य सम्बन्धी अध्ययन अवलोकन मुल्यांकनको आधारमा हाम्रो जनपक्षीय संयुक्त संयन्त्र देवदह नगरपालिका भित्र गरिएको‚ अध्ययन अनुगमन विभिन्न ‚संघ संस्था‚ सरकारी कार्यलय‚ सामाजिक तथा निजी संस्थाहरु विना योजना विना कार्यविधी‚ कनै पनि कार्यहरुको मापन विना अस्त व्यस्त रुपमा सञ्चालन रहेको पाईन्छ फरक विधामा कार्यरत सरकारी तथा गैर सरकारी निजि संध संस्थाहरु स्थानिय सरकारमा सुचिकृत गर्ने कार्य भएको छैन ।
नगर भित्र गरिएका र भविष्यमा गरिने विकास निर्माणका कामहरु कार्यविधि विनानै मनोमानी ढंगबाट सञ्चालन भएका छन‚ ठेक्का पट्टा गरिएका छन तर ठेकेदारको कुनै योग्यता प्रमाण पत्रहरु पेश भएका छैनन्। जसको कारण गुणस्तरीय काम हुन सकेका छैनन्। जति पनि विकास निर्माणका काम भएका छन् ति सबैले नगरपालिकाको दिगो विकास नितिको उपहास गरी रहेका छन्। तर ति सबै स्तरहिन कामहरु पनि प्रविधि गुणस्तर पास गरीएका छन् । त्यसो हुनाले भवन बाटो‚ पुल जस्ता सबै प्रकारका विकास निर्माणका कार्यहरुको ल्याब परिक्षण नगरि निती विपरी भए गरेका सबै संलग्नहरु सहित सबै जिम्मेवार निकायलाई छानविनको दायरामा ल्याउन अनिवार्य माग गर्दछौँ । नेपाल सरकारले कर्मचारिहरुलाई दिंदै आएको महंगी‚ पोषाक लगायतका भत्ताहरु उपलब्ध हुदाहुँदै यस नगरपालिकाले अतिरिक्त भत्ता राख्नुपर्ने कारण सार्वजनिक गर्नुपर्छ्र यो नितिगत भ्रष्टाचार हो।
देवदह नगरपालिकाका बिभिन्न जिन्सी साधन स्रोतको अभिलेख सम्म नभएको देखिन्छ । कर्मचारिहरु वा पालिकाका पदाधिकारीहरुले प्रयोग गरेका सामानहरु पदावधी पछि पालिकामा फिर्ता हुनु पर्नेमा त्यसको कुनै यथार्थ अभिलेख र स्टक सामानहरु भेटिदैनन् कुनै अहिलेसम्म फर्केको छैन। किन ? देवदह न.पा.ले खरिद गरेका १७ ओटा‚ मोटरसाईकल साथै ल्यापटप समेत के कसरी कस्ले प्रयोग गरिरहेका छन ?विनियोजित बजेट शिर्षक दोहोरिएका छन् तर रकमांक फरक छन त्यो किन गरिन्छ ? शिर्षक डुब्लिकेशन सिधै भ्रष्टाचार हो ।
पालिका कार्यलय सञ्चालनको लागी र सेवाग्राहिको लागी अत्यावश्यक उपकरण सामाग्रीहरुको अपचलन र मर्मतको अभावमा सेवाग्राहीहरु पटक पटक कार्यालय धाईरहन पर्ने सास्ती खेपिरहनु पर्ने कुरा प्रति जनसरोकार राख्दछौँ । यस्तो हुनुको कारण प्रशासनिक लापर्वाही हो छानविन हुनु पर्दछ ।
विद्युत प्राधिकरण शाखाले गर्नुपर्ने विद्युतिकरणमा नगरको विकास बजेट विनियोजन गनुपर्ने कारण के छ ? यहाँ पनी मिलिजुली भ्रष्टाचार देखिन्छ । जहाँ नगरको वा वडाको बजेट विनियोजन हन्छ त्यही विधुतिकरण योजना परेको पाइएको छ । यहाँ पनि छानविन हुनु पर्दछ । विद्युत कार्यालयले महसुल मासिक लिने‚ वडाले लगानी गरिदिने किन गरिन्छ ?र्यटन तफर् १० लाख रुपैया विनियोजन गरेर पर्यटन शिर्षकको उपहास गरेको देखिन्छ जव की पर्यटन कृषिर् र पुर्वधार समृद्ध देवदहको मूल आधार भन्ने नारा तय गरिएको छ । बजेटको ठुलो हिस्सा प्रशासनिक खर्चमा गएको पाईन्छ ।
नगरपालिकामा सार्वजनिक लेखा समिति नभएको लेखा समिति गठन नभएको देखिन्छ । एउटा अधिकार सम्पन्न सार्वजनिक लेखा समिति गठन गर्न र पालिका का रवै गतिविधि शुसासन युक्त वनाउन यो संयन्त्र जोडदार माग गर्दछौं । देवदह न.पा.मा स्वीकृत कर्मचारी दरबन्दी कति हो ? हाल कर्मचरी संख्या कती छ ? थप कर्मचारीहरु कुन प्रयोजनको लागी नियुक्ती गरिएको हो ?देवदह खानेपानी‚ विधुत कार्यालय लगायत कुनै पनि स्थानिय संघ सस्थाहरु कर्य योजना विहिन नीति विहीन मन परि ढंगवाट विधुत विस्तार ‚ मापदण्ड विना पाईप लाईन विस्तार शुल्क निर्धारण जस्ता कार्यहरु गरिरहेका छन त्यसमा स्थानीय सरकारको कुनै संलग्नता तथा जानकारी समेत नलिएके भेटिन्छ । नगर भित्रका सबै इकाई स्थानीय सरकारको रेखदेख र नियन्त्रण भित्र रहनु पर्नेमा सर्वत्र अस्तव्यस्त छ‚ किन?जनताको कर बाट संकलित रकम खर्चेर बनेका संरचना देवदह कोसेली भवन‚ सार्वजनिक शौचालय‚ हाट बजार आदिको सदुपयोग गर्नेकुरामा नगरपालिका उदासिन देखिएको छ‚ किन?“मितव्यायी स्थानीय साकार जनताको सरोकार” कार्यक्रम बनाई लागु गर्ने । अनावश्यक खर्च कटौती गरी आवश्यक ठाँऊमा लगानी गर्नु पर्दछ । यि सबै जनसरोकारका कार्यहरुको वारे एउटा सार्वजनिक सुनुवाईर् कार्यक्रम अनिवार्य आयोजनागर्न जोडदार माग गर्दछौं । देवदह न.पा. लगायत देश भरका स्थानीय तहवाट भैरहेका वेथिती र विसंगती पुर्ण कार्यहरुले हजारौ जनताको वलिदानबाट प्राप्त संघीय लोकतान्त्रिक गणतन्त्रात्मक प्रणली तपाईहरु जस्तैको कारण बाट धरापमा नपरोस‚ बेलैमा सजग बनौ ।
Copyright © All right reserved to setomasi.com
Site By: SobizTrend Technology