Logo

२०८३, आश्विन ११गते


images
images

बाढीको कहर

कुलेखानी जलाशय लगातार बढ्दै, सतर्क रहन आग्रह

कुलेखानी जलाशय लगातार बढ्दै, सतर्क रहन आग्रह

images
  • कुलेखानी जलाशय लगातार बढ्दै, सतर्क रहन आग्रह
    images
    images

    हेटौडा । मकवानपुरको कुलेखानी जलाशय (इन्द्रसरोवरमा) मा पानीको सतह बढिरहेको छ । बिहान ११ बजेको अपडेट अनुसार पानीको सतह बढेर १५२६.२३ मिटर पुगेको हो ।

    images
    images
    images

    निरन्तर ठूलो वर्षा भइरहेकाले पछिल्ला दिनको तुलनामा जलाशयमा पानीको सतह केही तीव्र गतिमा बढिरहेको जनाइएको छ ।

    images
    images
    images

    कुलेखानी जलाशयमा अधिकतम १५३० मिटरसम्म पानी भण्डारण गर्न सक्ने क्षमता रहेको छ । हाल जलाशयबाट पूर्ण क्षमतामा विद्युत् उत्पादन भइरहेको विद्युत प्राधिकरणले जनाएको छ । जलाशयमा पानीको सतह बढेर १५२७ मिटर पुगेपछि पहिलो साइरन बजाइने र त्यसपछि पानीको सतह थप बढ्दै गएमा क्रमशः तीन पटकसम्म साइरन बजाइने जानकारी दिइएको छ ।

    images
    images
    images

    तीन पटक साइरन बज्ने अवस्था आउँदा जलाशयको पानीको सतह १५३० मिटर पुगेको हुने र त्यसपछि बाँधको मुख्य ढोका बिस्तारै खोलिने जनाइएको छ ।

    निरन्तर ठूलो वर्षा भइरहेकाले जलाशयको पानीको सतहमा भइरहेको वृद्धिलाई निगरानी गरिरहेको प्राधिकरणसहित स्थानीय प्रशासनले जनाएको छ ।

    images
    images
    images
    images
    images
    images
    images
    images
    images
    images
    images
  • सम्बन्धित विषय:

  • # कुलेखानी जलाशय
  • images

    Copyright © All right reserved to setomasi.com

    सेतोमसीमा प्रकाशित कुनै पनि सामग्रीहरू छापा, विद्युतीय वा अन्य कुनै पनि माध्यमबाट प्रकाशन वा प्रशारण गर्नुअघि अनुमति लिनुहुन अनुरोध छ ।