Logo

२०८३, आश्विन ११गते


images
images

देवदह कोलिय सहकारी संस्थाको १७ औं साधारणसभा: देउराली सेवा केन्द्रको कार्यक्रम सम्पन्न

देवदह कोलिय सहकारी संस्थाको १७ औं साधारणसभा: देउराली सेवा केन्द्रको कार्यक्रम सम्पन्न

images
  • देवदह कोलिय सहकारी संस्थाको १७ औं साधारणसभा: देउराली सेवा केन्द्रको कार्यक्रम सम्पन्न
    images
    images

    देवदह । देवदह कोलिय बचत तथा ऋण सहकारी संस्थाको १७ औं साधारण सभाको अन्तर्गत सेवा केन्द्र स्तरिय कार्यक्रम सम्पन्न भएको छ । शनिबार रुपन्देहीको तिलोत्तमा नगरपालिकास्थित संस्थाको देउराली सेवा केन्द्रको कार्यक्रम सम्पन्न भएको हो । 

    images
    images
    images

    कार्यक्रममा बोल्दै संस्थाका प्रमुख सल्लाहाकार ॠषि सापकोटाले पाउरोटी खानका लागि सुरुवात भएको सहकारी अहिले सवैको लागि एक, एकको लागि सवै सावित भएको बताए । सो क्रममा लुम्बिनी प्रदेश बचत संघका महासचिव समेत रहेका सापकोटाले बहुउद्धेशिय सहकारीमा रहेको विकृतिको रुपमा रहेको रकम संकलन गरी पलायन हुने प्रवृत्ति रोकिनु पर्नेमा उनले जोड दिएका थिए ।

    images
    images
    images

    देउराली सेवा केन्द्रका संयोजक तथा संस्थाका सदस्य पिताम्बर खरेलको अध्यक्षतामा भएको साधारण सभामा अध्यक्ष, महासचिव, कोषाध्यक्षको प्रतिवेदन पारित गरिएको थियो । उक्त साधारण सभाले ३० जना साधारण सभा प्रतिनिधी एवम निर्वाचन निर्देशिका पारित गरेको छ ।  

    images
    images
    images

    देउराली सेवा केन्द्र व्यवस्थापन उपसमिति सदस्य राजुमान गुरुङको स्वागत तथा व्यवस्थापक बुद्धिसागर अर्यालको संचालनमा भएको कार्यक्रममा संस्थाका उपाध्यक्ष विष्णु प्रसाद पौडेल, कोषाध्यक्ष प्रजापति सापकोटा, जयकिसन अधिकारी, डिल्लीराज भण्डारी लगायतले मन्तब्य राखेका थिए ।

    images
    images
    images
    images
    images
    images
    images
    images
    images
    images
    images
  • सम्बन्धित विषय:

  • # देवदह
  • images

    Copyright © All right reserved to setomasi.com

    सेतोमसीमा प्रकाशित कुनै पनि सामग्रीहरू छापा, विद्युतीय वा अन्य कुनै पनि माध्यमबाट प्रकाशन वा प्रशारण गर्नुअघि अनुमति लिनुहुन अनुरोध छ ।