कपिलवस्तु। नेकपा (माओवादी केन्द्र) कपिलवस्तुका इञ्चार्ज कमल चुँदालीले आफूलाई उम्मेदवार सिफारिस नगर्न पार्टी नेताहरूलाई आग्रह गरेका छन्। उनले बिहीबार सामाजिक सञ्जालमा ‘स्टाटस’ राख्दै निर्वाचन प्रणाली खर्चिलो भएकोले आफू चुनावमा उठ्न नसक्ने बताएका हुन्।
उनले उम्मेदवार भएर खर्च गर्ने आर्थिक सामर्थ्य आफूसँग नभएकाले प्रत्यक्ष र समानुपातिक कतै पनि सिफारिस नगर्न आग्रह गरेका हुन्। कपिलवस्तु क्षेत्र नंं. १ बाट प्रतिनिधिसभा सदस्य उम्मेदवारमा प्रस्ताव भएका उनले आफू उम्मेदवार नबन्ने घोषणा गरेका हुन्।
‘यो महँगो निर्वाचन प्रणाली ठेगानमा नआउञ्जेल चुनाव मेरो लागि असम्भव छ, सरी!,’ उनले लेखेका छन्, ‘विशुद्ध राजनीति मात्रै गर्नेले अब चुनाव जित्न सक्दैनन्, जसले करोड वा लाखौँ खर्च गर्नसक्छ उनैले जित्छन् ।’
Copyright © All right reserved to setomasi.com
Site By: SobizTrend Technology