Logo

२०८३, आश्विन ९गते


images
images

छन्द कविता

कविता : मान्छे

कविता : मान्छे

images
  • सेतोमसी सहकर्मी
  • कविता : मान्छे
    images
    images

    कविता "मान्छे"
             
    चासो त्यो धनक‍ो छ मान पदको, मान्छे डुब्यो स्वार्थमा ।
    जाग्यो रोग अझै कडा  किसिमले, फैलिन्छ  रे  विश्वमा ।।
    कोरोना अझ क्रुद्ध भो अवनिमा, बढ्दो छ  यो  लोकमा।
    सारा  विश्व  छ  त्रासका  कहरमा , पर्छन्  सबै  शोकमा ।।-१

    images
    images
    images

    यस्तो  हालतमा  यहाँ  मुलुकमा , उफ्रिन्छ  मान्छे  किन।
    रोगी  मानिस  मर्छ  अौषधि  विना , नेता  निदाए  किन।।
    कुन् कर्तव्य ठुलो  थियोे  मनुजको , सोच्दैन मान्छे किन।
    नेताको  मन  डुल्छ  उच्च  पदमा, हान्छन्  झटारो  किन।।-२

    images
    images
    images

    भन्छन् अाज अभाव अक्सिजनको, बढ्दो छ त्यो बेसरी।
    छैनन्  ठाउँ  यथेष्ट  हस्पिटलमा ,  जाग्यो  दशा  हे  हरि ।।
    यस्तो  नाजुक  चाल  अाज  छ  यहाँ, नेता  रमे  मोजले।
    मान्छेमा  नव  ज्ञान  चेत  नभए ,   मर्छन्  निकै  रोगले ।।-३

    images
    images
    images

    सत्ता  मात्र  ठुलो  हुँदैन  थलमा, भन्ने  विचारीकन ।
    जागून् मानिस सन्त भक्त अगुवा,सङ्लो बनाई मन।।
    बोल्छन् तुच्छ कुरा गरेर झगडा,फुट्छन् विना अर्थले।
    जुट्छन् स्वार्थ र लाभका कहरले,सिद्धान्तका खोलले।।-४

    शिक्षा ज्ञान कला दया सीप विना, मान्छे  बन्यो  लम्पट।
    सच्चा  खेल  र  देश  प्रेम  नभए,  पर्ला  अझै  सङ्कट।।
    ऐले  यो   युगमा   यसै   मुलुकमा,  मान्छे  भए  अाहत।
    मान्छेको   मन  त्यो  प्रदूषित  भए ,  मिल्दैन  है  राहत ।।-५

    ✍️ के. पी. पौडेल, रसुवा
    हाल :काठमाडौं

    images
    images
    images
    images
    images
    images
    images
    images
    images
    images
    images
  • सम्बन्धित विषय:

  • # के. पी. पौडेल
  • # कविता
  • सेतोमसी सहकर्मी
    images

    Copyright © All right reserved to setomasi.com

    सेतोमसीमा प्रकाशित कुनै पनि सामग्रीहरू छापा, विद्युतीय वा अन्य कुनै पनि माध्यमबाट प्रकाशन वा प्रशारण गर्नुअघि अनुमति लिनुहुन अनुरोध छ ।