कृष्ण अन्जान, गुल्मी । नेकपा एमाले कार्यकर्ताका लागि प्रशिक्षणकाे प्याकेज बाेकेर रुरुक्षेत्र गाउँपालिका कमिटी वडाहरुमा पसेकाे छ । भदौ १८ गतेबाट श्रृङखलाबद्द रुपमा हरेक वडाहरुमा आयाेजना हुने प्रशिक्षणकाे पहिलो कक्ष रुरुक्षेत्र वडा नं. २ काे निरंकुशकालकाे ऐतिहासिक सेल्टर सटाखाेला र रुरुक्षेत्र ३ काे थानपति एकैपटक शुरु गरिएकाे छ ।
मुख्यतया पार्टीको मार्गदर्शक सिद्धान्त मार्क्सवाद, लेनिनवाद र जनताको बहुदलीय जनवाद, समाजवादमा पुग्ने आधार, पार्टीको बर्तमान कार्यनीति, आगामी निर्वाचनका विषयमा केन्द्रित रहि प्रशिक्षण कार्यक्रम सन्चालन गरिएकाे पार्टीले जनाएको छ ।
रुरुक्षेत्र गाउँपालिक वडा नं. २ मा मार्क्सवादी अवधारणा र पार्टीको ऐतिहासिक पृष्ठभूमि विषयमा नेपाल कम्युनिस्ट पार्टी एमाले केन्द्रीय सल्लाहकार परिषदका सदस्य समेत रहेका प्रदेश सांसद कमल राज श्रेष्ठले प्रशिक्षण दिएका थिए भने पार्टीका लुम्बिनी प्रदेश सदस्य हरि प्रसाद ज्ञवालीले जनताको बहुदलीय जनवाद र समाजवाद निर्माणका आधार विषयमा र एमाले रुरुक्षेत्र गाउँपालिका कमिटीका अध्यक्ष फर्सुराम ज्ञवालीले पार्टीको तत्कालीन कार्यनीति र आसन्न निर्वाचन तथा एमाले गुल्मीका प्रचारप्रसार तथा प्रकाशन विभागका सदस्य कृष्ण ज्ञवालीले पार्टी प्रचारप्रसारका बारेमा प्रशिक्षण दिएका थिए ।
रुरुक्षेत्र गाउँपालिका वडा न २ एमाले पार्टी कमिटीका अध्यक्ष माधव ज्ञवालीकाे अध्यक्षतामा भएकाे प्रशिक्षणमा कार्यक्रम सन्चालन पार्टी सचिव चिरन्जिवि अर्यालले गरेका थिए।
यता शनिवार नै रुरुक्षेत्र ३ थानपतिमा आयाेजित प्रशिक्षणमा मार्क्सवादी अवधारणा र पार्टीको ऐतिहासिक पृष्ठभूमि विषयमा एमाले नेता कमल राज श्रेष्ठ, जन सँगठन र पार्टीको भुमिका विषयमा एमाले गुल्मी जिल्ला कमिटी सदस्य लक्ष्मी पन्थ, जनताकाे बहुदलीय जनवाद र समाज निर्माणका आधारहरु विषयमा एमाले जिल्ला कमिटी सदस्य शेषनारायण पौडेल, पार्टीको तत्कालीन कार्यनीति र आसन्न निर्वाचनमा पार्टीको भुमिका विषयमा नेकपा एमाले गुल्मी जिल्ला कमिटी सदस्य समेत रहेका रुरुक्षेत्र गाउँपालिका ईन्चार्ज हिमाल श्रेष्ठ र पार्टीको प्रचारप्रसार सम्बन्धि विषयमा नेकपा एमाले जिल्ला प्रचारप्रसार तथा प्रकाशन विभागका सदस्य कृष्ण ज्ञवालीले प्रशिक्षण दिएका थिए ।
रुरुक्षेत्र ३ थानपतिमा आयाेजित पार्टी प्रशिक्षणकाे अध्यक्षता एमाले वडा कमिटी अध्यक्ष तिलक राज ज्ञवाली ले गरेका थिए भने कार्यक्रम सन्चालन पार्टी सचिव लाेकनाथ ज्ञवालीले गरेका थिए ।
दुवै प्रशिक्षणहरुमा पार्टीका संगठित सदस्यहरुकाे व्यापक उपस्थित रहेकाे थियाे ।
शनिवारबाट पहिला चरणकाे प्रशिक्षण कार्यक्रम वडा न २ र ३ मा प्रशिक्षण सम्पन्न गरेकाे र भाद्र २० गते वडा न ५ र ६ मा र भाद्र २५ गते वडा न १ र ४ मा प्रशिक्षण कार्यक्रम गरिने प्रशिक्षक शेषनारायण पौडेलले जानकारी दिए ।
Copyright © All right reserved to setomasi.com
Site By: SobizTrend Technology