Logo

२०८३, आश्विन ९गते


images
images

तालाबन्दी गरेर विश्वविद्यालयका समस्या समाधान हुन्न : प्रधानमन्त्री

तालाबन्दी गरेर विश्वविद्यालयका समस्या समाधान हुन्न : प्रधानमन्त्री

images
  • तालाबन्दी गरेर विश्वविद्यालयका समस्या समाधान हुन्न : प्रधानमन्त्री
    फाइल फोटो
    images
    images

    काठमाडौं । प्रधानमन्त्री शेरबहादुर देउवाले तालाबन्दी र हड्तालले विश्वविद्यालयका समस्या समाधान नहुने बताएका छन् ।
    शुक्रबार ६९औं वाणिज्य दिवसको अवसरमा शंकरदेव क्याम्पसले आयोजना गरेको कार्यक्रममा प्रधानमन्त्री देउवाले भने, ‘राजनीति आग्रह र पूर्वाग्रहबाट माथि उठेर विश्वविद्यालयका समस्या पहिचान गर्न जरुरी छ, तालाबन्दी र हट्तालले विश्वविद्यालयका समस्या समाधान हुँदैन ।’

    images
    images
    images

    उनले शंकरदेव क्याम्पसलाई समाज कल्याण परिषद्को जग्गा उपलब्ध गराउने प्रतिवद्धता समेत जनाएका छन् ।क्याम्पसमा अध्ययनअध्यापनकै लागि ठाउँ अभाव भएको विषयमा मन्त्रिपरिषद्मा छलफल गर्ने र जग्गा उपलब्ध गराउने उनले बताए । उनले भनेका छन्, ‘समाज कल्याण परिषद्को जग्गा छ भन्ने सुनेको छ, मन्त्रिपरिषद्मा छलफल गरेर त्यो जग्गा उपलब्ध गराउने प्रतिवद्धता जनाउनु चाहन्छु ।’

    images
    images
    images

    कार्यक्रममा शिक्षामन्त्री देवेन्द्र पौडेलले पनि शैक्षिक क्षेत्रको विकासका लागि विश्वविद्यालय तालामुक्त बनाउने अभियानमा लाग्नुपर्ने बताए । उनले भने, ‘विश्व विद्यालयमा ताला नलगाऔं, पठनपाठनको व्यवस्था सिर्जना गरौँ । समस्या छन्, त्यसलाई समाधान गरौं । विश्वविद्यालय तालामुक्त बनाउने अभियानमा लाग्नुपर्छ ।’

    images
    images
    images

    images
    images
    images
    images
    images
    images
    images
    images
    images
    images
    images
  • images

    Copyright © All right reserved to setomasi.com

    सेतोमसीमा प्रकाशित कुनै पनि सामग्रीहरू छापा, विद्युतीय वा अन्य कुनै पनि माध्यमबाट प्रकाशन वा प्रशारण गर्नुअघि अनुमति लिनुहुन अनुरोध छ ।