काठमाडौं । काठमाडौं महानगरपालिकाका मेयर बालेन शाहले सरकारी विद्यालयका बालबालिकालाई दैनिक २५ रुपैयाँ खाजा खर्च दिने प्रस्ताव गरेका छन्।
उनले महानगरभित्रका सरकारी विद्यालयमा आठ कक्षासम्म अध्ययन गर्ने सबै बालबालिकालाई दैनिक २५ रुपैयाँ खाजा खर्चबापत उपलब्ध गराउने प्रस्ताव गरेका हुन्।
महानगरको आइतबार बसेको नगर कार्यपालिकाको आठौं बैठकमा शाहले कक्षा ७ र ८ मा अध्ययन गर्ने बालबालिकालाई पनि खाजा खर्च उपलब्ध गराउने प्रस्ताव गरेका छन्।
शाहले नेपाल सरकारको तर्फ बाट कक्षा ६ सम्म अध्ययन गर्ने बालबालिकालाई १५ रुपैयाँ दिइरहेको र काठमाडौ महानगरले १० रुपैयाँ थप गरी दिने प्रस्ताव गरेका हुन्।
Copyright © All right reserved to setomasi.com
Site By: SobizTrend Technology