Logo

२०८३, आश्विन ९गते


images
images

अदालतको आदेशमा भ्रम नछर्नू : बालेन

अदालतको आदेशमा भ्रम नछर्नू : बालेन

images
  • अदालतको आदेशमा भ्रम नछर्नू : बालेन
    फाइल फोटो
    images
    images

    काठमाडौं– काठमाडौं महानगरपालिकाका मेयर बालेन शाहले अदालतको आदेशलाई महानगरको निर्णय भनी गलत व्याख्या गरेर जनतामाझ भ्रम नछर्न आग्रह गरेका छन् ।

    images
    images
    images

    आज सामाजिक सञ्जाल फेसबुकमार्फत मेयर बालेनले अदालतको आदेशलाई महानगरको निर्णय भनी गलत व्याख्या गरेर पार्टीका नेता कार्यकर्ताहरूले जनता माझ भ्रम नछरिदिन भनेका छन् ।

    images
    images
    images

    उनले लेखेका छन्, ‘कागले कान लग्यो भनेर हल्ला गर्दैमा कागको पछि लाग्ने हैन, आफ्नो कान छाम्ने हो ।’

    images
    images
    images

    उनले सर्वोच्चको आदेशपछि महानगरले वाग्मती र विष्णुमती नदी वरिपरि ४० मिटर टुकुचाको २० मिटर वरिपरि निर्माण निषेधित क्षेत्रबारे जानकारी गराइएको उल्लेख गरेका छन् ।

    उनले भनेका छन्, ‘सर्वोच्च अदालतको आदेश आएपछि हामी काठमाडौं महानगरले सो आदेशलाई  सूचित गर्दै बागमती, विष्णुमतीमा ४० मिटर टुकुचा को २० मिटर वरिपरि निर्माण निषेधित क्षेत्र जानकारी गराएका हौँ । त्यो जग्गामा अब थप संरचना बनाउन पाइने छैन । अदालतको आदेश अनुसार जनताले आफ्नो जग्गा उपभोग गर्नबाट रोकेको छैन भने नेपाल सरकारले चाहेमा मुआब्जा दिएर मात्र जग्गा अधिग्रहण गर्न सक्ने छ ।’

     
     

    images
    images
    images
    images
    images
    images
    images
    images
    images
    images
    images
  • सम्बन्धित विषय:

  • # मेयर बालेन शाह
  • images

    Copyright © All right reserved to setomasi.com

    सेतोमसीमा प्रकाशित कुनै पनि सामग्रीहरू छापा, विद्युतीय वा अन्य कुनै पनि माध्यमबाट प्रकाशन वा प्रशारण गर्नुअघि अनुमति लिनुहुन अनुरोध छ ।