Logo

२०८३, श्रावण २७गते


images
images

धरानमा रुख रोप्दै प्रचण्डले भने- 'हर्कजीले माओवादीले गर्नुपर्ने काम गरिरहनुभएको छ'

धरानमा रुख रोप्दै प्रचण्डले भने- 'हर्कजीले माओवादीले गर्नुपर्ने काम गरिरहनुभएको छ'

images
  • धरानमा रुख रोप्दै प्रचण्डले भने- 'हर्कजीले माओवादीले गर्नुपर्ने काम गरिरहनुभएको छ'
    images
    images

    धरान । नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले धरानका मेयर हर्क साम्पाङ्बाट धेरै प्रेरणा लिन सकिने बताएका छन्। उनले कम्युनिष्ट पार्टीले गर्नुपर्ने काम गरिरहेकाले पार्टी पंक्तिलेनै प्रेरणा लिन सक्ने प्रचण्डको भनाई छ। ‘हर्क जीले कम्युनिष्ट पार्टी अझ भनौँ माओवादीले गर्नुपर्ने काम गरिरहनुभएको छ। उहाँबाट हाम्रा पार्टीका साथीहरुले प्रेरणा लिन सक्नुहुन्छ,’ उनले भने।

    images
    images
    images

    जनतासँग सधैँ जोडिएर काम गर्न प्रचण्डले हर्कलाई सुझाएका छन्।‘जनतासँग जोडिएर काम गर्नुस्। सधैँ जनतासँगै रहनुस्। अझै राम्रो काम गर्नुस्। मेरो शुभकामना,’ प्रचण्डले भने।

    images
    images
    images

    जवाफमा हर्कले आफू सधैँ जनतासँगै जोडिएर काम गर्ने बताएका छन्। ‘हवस् सर म सधैँ जनतासँगै जोडिएर काम गर्छु,’ उनले प्रचण्डसँग भने।

    images
    images
    images

    केही समय अघि हर्कले प्रचण्डलाई धरानको श्रमदान र बृक्षारोपणमा सहभागी हुन निमन्त्रणा दिएपछि जनवादी गायक जेबी टुहुरेको स्मृति धरान पुगेका प्रचण्डले वृक्षारोपण गरेका हुन्।

    images
    images
    images
    images
    images
    images
    images
    images
    images
    images
    images
    images
    images

    Copyright © All right reserved to setomasi.com

    सेतोमसीमा प्रकाशित कुनै पनि सामग्रीहरू छापा, विद्युतीय वा अन्य कुनै पनि माध्यमबाट प्रकाशन वा प्रशारण गर्नुअघि अनुमति लिनुहुन अनुरोध छ ।