Logo

२०८३, आश्विन ९गते


images
images

‘माउन्ट एभरेष्ट अन्तर्राष्ट्रिय तेक्वान्दो’मा एक हजार खेलाडीले गरे दर्ता, दर्ताको क्रम जारी

‘माउन्ट एभरेष्ट अन्तर्राष्ट्रिय तेक्वान्दो’मा एक हजार खेलाडीले गरे दर्ता, दर्ताको क्रम जारी

images
  • ‘माउन्ट एभरेष्ट अन्तर्राष्ट्रिय तेक्वान्दो’मा एक हजार खेलाडीले गरे दर्ता, दर्ताको क्रम जारी
    images
    images

    राजेश पराजुली, पोखरा । पोखरामा आयोजना हुने ‘तेश्रो माउन्ट एभरेष्ट अन्तर्राष्ट्रिय खुला तेक्वान्दो च्याम्पियनसिप २०२२’ जि–२ ¥याकिङ तथा ‘प्रथम जिसिएस माउन्ट एभरेष्ट अन्तर्राष्ट्रिय खुला पुम्से च्याम्पियनसिप–२०२२’ तर्फ गरी १ हजार भन्दा वढि खेलाडीले आफ्नो नामा दर्ता गराएको आयोजकले जनाएको छ । 

    images
    images
    images

    काठमाण्डौमा मंगलबार एक पत्रकार सम्मेलन गरी प्रतियोगिताको तयारी बारे आयोजकले जानकारी दिएको हो । आगामी असोज ६ देखि ९ गते सम्म हुने ग्योरोगीतर्फ ८ सय ११ र पुम्सेतर्फ २ सय भन्दा वढी आफ्नो नाम दर्ता गराएको गण्डकी प्रदेश तेक्वान्दो संघका अध्यक्ष जगन बहादुर गुरुङले बताएका हुन् । दक्षिण एशियामा नै पहिलो पटक उक्त प्रतियोगिता नेपालमा आयोजना गर्न पाउनु गौरवको विषय रहेको बताउँदै उनले ग्योरोगी ¥याकिङ र पुम्से प्रतियोगिताका लागि विभिन्न एक दर्जन वढि राष्ट्रका खेलाडीहरुले आफ्नो नाम दर्ता गराइसकेको जानकारी दिए । 

    images
    images
    images

    पोखरामा र काठमाण्डौमा प्रतियोगिताको तयारी बारे भइरहेको प्रगती बारे पत्रकारहरुलाई जानकारी दिंदै मुल आयोजक समितिका सचिव समेत रहेका गुरुङले भने–“हामीले १ हजार ५ सय खेलाडी पोखरा आउने अपेक्षा गरेका छौं जसबाट कोभिड १९ का कारण समस्यामा रहेको पर्यटन क्षेत्रलाई प्रवद्र्धन गर्न सहयोग पुग्ने छ ।’ पहिलो चरणको दर्ता प्रक्रिया यहि भदौ ९ गते सम्म जारी रहने तथा दोश्रो चरणको दर्ता भदौ १० बाट सुरु हुने उनले बताए । उक्त प्रतियोगितामा विश्वभरीका खेलाडीहरू, निर्णायक तथा प्रशिक्षकहरु, सहभागी खेलाडीका परिवारका सदस्यहरू र तेक्वान्दो महासंघका विशिष्ट पदाधिकारीहरूसहित २ हजार भन्दा बढीको सहभागीता हुने जनाइएको छ भने विश्वस्तरीय मेगा तेक्वान्दो प्रतियोगिता अवलोकन गर्न ५ हजार भन्दा बढी तेक्वान्दो प्रेमीहरु पोखरा आउने अपेक्षा गरिएकोे छ ।

    images
    images
    images

    यस अघि दुई पटक सफलता पूर्वक काठमाण्डौमा सम्पन्न भइसकेको उक्त प्रतियोगिता विश्व महामारीका रुपमा फैलिएको कोभिड १९ का कारण दुई वर्ष स्थगित हुन पुगेको थियो  । पोखरा रंगशालास्थित वहुउद्धेश्यिय कभर्डहलमा आयोजना हुने प्रतियोगितामा सिनियर र जुनियरतर्फको (१४ वर्ष देखि ६० वर्ष भन्दा मार्थी) क्योरोगीतर्फ महिला र पुरुष गरी विभिन्न ८ वटा तौल समुहमा गरी कुल १६ वटा तौलमा तथा पुम्सेतर्फ समेत १४ देखि ६० वर्ष भन्दा माथी एकल, जोडी र समुहमा प्रतिष्पर्धा हुने आयोजक समितिका सदस्य एवम ओलम्पियन दिपक विष्टले जानकारी दिए । 

    विश्व तेक्वान्दो महासंघले नेपालमा तेक्वान्दो खेलको विकासका साथै नेपाल र पोखराको खेल पर्यटन प्रवद्र्धन गर्न प्रतियोगिता स्विकृती प्रदान गरेको र उक्त मेगा तेक्वान्दो प्रतियोगिता सम्पन्न गर्न करिव रु २ करोड ५५ लाख खर्च हुने आयोजक समितिका सदस्य तथा गण्डकी प्रदेश तेक्वान्दो संघका महासचिव रमेश पौडेलले जानकारी गराएका थिए ।

    पत्रकार सम्मेलन नेपाल तेक्वान्दो संघका अध्यक्ष प्रकाश सम्शेर राणको अध्यक्षतामा सम्पन्न भएको थियो ।

    images
    images
    images
    images
    images
    images
    images
    images
    images
    images
    images
    images

    Copyright © All right reserved to setomasi.com

    सेतोमसीमा प्रकाशित कुनै पनि सामग्रीहरू छापा, विद्युतीय वा अन्य कुनै पनि माध्यमबाट प्रकाशन वा प्रशारण गर्नुअघि अनुमति लिनुहुन अनुरोध छ ।