Logo

२०८३, श्रावण २७गते


images
images

एमाले रुरुक्षेत्रले कार्यकर्तालाई पढाउन सुरु गर्याे, खटायाे वडा-वडामा प्रशिक्षक

एमाले रुरुक्षेत्रले कार्यकर्तालाई पढाउन सुरु गर्याे, खटायाे वडा-वडामा प्रशिक्षक

images
  • सेतोमसी सहकर्मी
  • एमाले रुरुक्षेत्रले कार्यकर्तालाई पढाउन सुरु गर्याे, खटायाे वडा-वडामा प्रशिक्षक
    images
    images

    कृष्ण अन्जान, गुल्मी । अग्रज, अधवैशे र युवाहरुकाे बाक्लाे उपस्थिति । पार्टीका झण्डा, चुनाव चिन्ह र कार्यक्रमका व्यानरमुनि केन्द्रदेखि प्रदेश जिल्ला तहका नेताहरु । लामाे समय पछि नेकपा एमालेले आफ्ना कार्यकर्ताहरुका लागि आयाेजना गरेकाे सैद्धान्तिक र वैचारिक प्रशिक्षणकाे नजारा हाे ।

    images
    images
    images

    यतिबेला नेकपा एमाले गुल्मीले जिल्ला भरिका पालिकाहरुमा पालिका स्तरिय कार्यकर्ता प्रशिक्षण कार्यक्रम सन्चालन गरेकाे छ । यसै क्रममा नेकपा एमाले रुरुक्षेत्र गाउँपालिकाले पनि केन्द्र ,प्रदेश र जिल्ला स्तरिय नेताहरुलाई प्रशिक्षककाे रुपमा डाकेर प्रशिक्षण कार्यक्रम सम्पन्न गरेकाे छ ।

    images
    images
    images

    मुख्यतया मार्क्सवादी अवधारणा र कम्युनिस्ट पार्टीको ऐतिहासिक पृष्ठभूमि, जनताको बहुदलीय जनवाद र समाजवादमा पुग्ने आधार, पार्टी सदस्यका काम, कर्तव्य र अधिकार र पार्टीका तत्कालीन कार्यनीति, नेकपा एमालेकाे प्रचारशैलि र सामाजिक सन्जालकाे प्रयाेग यावत विषयमा प्रशिक्षण केन्द्रित गरेकाे छ ।
    प्रशिक्षण कार्यक्रममा सहजिकरण गर्दै नेकपा एमालेका केन्द्रीय सदस्य समेत रहेका गुल्मी जिल्लाका सहइन्चार्ज जंग नेपालीले परिवर्तनको नेतृत्व एमाले पार्टी वाहेक अरुले गर्न नसकेको ठाेकुवा गरे । 

    images
    images
    images

    हरेक पटक सत्तामा पुग्दा एमालेले जनताकाे जनजिविकाकाे सवालमा हाेस या विकास निर्माणमा जनताको मन छुने गरि काम गरेकाे बताउँदै याे प्रक्रिया मनमाेहन अधिकारीकाे पालामा ल्याएकाे सामाजिक शुरक्षा भत्ता, नौ 'स' काे अवधारणा र आफ्नो गाउँ आफै बनाउँ कार्यक्रम हुन या केपि ओलीका पालामा ल्याईएका खरका छाना विस्थापित, एकघर एक धारा, एक पालिका एक हस्पिटल लगायतका जनमुखी कार्यक्रमले पुष्टि गर्ने बताए । रराष्ट्रियताका पक्षमा पनि एमाले दराे रुपमा उभिँदै चुच्चे नक्शाकाे कुरा कसैबाट नलुकेकाे उनले दावी गरे ।

    प्रशिक्षण कार्यक्रममा कार्यकर्ताका माझ प्रस्तुत हुँदै नेकपा एमाले केन्द्रीय सल्लाहकार परिषदका सदस्य समेत रहेका प्रदेश सांसद कमलराज श्रेष्ठले नेपालका अन्य राजनैतिक पार्टीहरुकाे चरित्र चित्रण गर्दै कम्युनिस्ट पार्टीका नाममा सम्राज्यवादी र पुँजिवादिहरुकाे दलालि गर्ने कम्युनिस्ट पार्टीहरुपनि रहेकाे बताउँदै ती सबै नक्कली कम्युनिस्ट भएकाे र सक्कली कम्युनिस्ट पार्टी एमाले मात्र भएकाे दावी गरे ।

    कुनै पनि पार्टी निति, विधि र पद्धतिका आधारमा सन्चालन हुने भएकाले पार्टी कार्यकर्ताहरुलाई नि:शर्त रुपमा संगठनकाे एउटै लयमा हिँड्न साँसद श्रेष्ठले कार्यकर्तालाई सुझाव दिए ।


    स्थानीय तह र पार्टी बिचकाे सम्बन्धका बारेमा चर्चा गर्दै नेकपा एमाले नेता निलकण्ठ गौतमले स्थानीय तह पार्टीको माेर्चा भएकाे बताउँदै स्थानीय तहमा पार्टीकाे तर्फबाट निर्वाचित  प्रतिनिधि हरुलाई पार्टी प्रति जिम्मेवार रहन आग्रह गरे ।

    नेकपा एमाले प्रदेश सदस्य नर्मदा भण्डारीले पार्टीका तल्ला सँगठनहरु मजबुत भए मात्र पार्टी सँगठन बलियाे हुने बताउँदै पछिल्लो चरणमा पार्टीका कार्यकर्ताहरुले पनि निर्वाचनमा पार्टी भन्दा व्यक्ति केन्द्रित भएर भाेट खसालेकाे बताउँदै पात्र भन्दा पनि पार्टी र पार्टीको चुनाव चिन्हमा सराेकार राख्नु पर्ने धारणा राखिन् ।

    प्रशिक्षण कार्यक्रममा पार्टी अनुशासन सम्बन्धि धारणा राख्दै नेकपा एमाले प्रदेश सदस्य हरि प्रसाद ज्ञवालीले यतिबेला वैचारिक र सैद्धान्तिक अनुसाशन पार्टीमा स्खलन भएकाे अवस्था भएकाे बताउँदै वैचारिक सैद्धान्तिक, साँगठिक, आर्थिक, सामाजिक र वैयक्तिक अनुशासनमा रहन र कम्युनिस्टहरुकाे फलामे अनुशासन पालन गर्नु पर्ने बताए ।

    कार्यकर्ता प्रशिक्षणका क्रममा आफ्ना धारणा राख्दै नेकपा एमाले गुल्मीका सचिव गणेश श्रीपालीले अहिलेकाे राजनीति ईस्युमा केन्द्रित हुनु पर्ने धारणा राखे । पार्टी प्रचार विभागका प्रमुख समेत रहेका श्रीपालीले जनताले यतिबेला कस्ले के ईस्यु उठाएकाे छ त्यसैमा ध्यान केन्द्रित गर्ने हुँदा जनमुखी ईस्युका साथ जनतामा जानू पर्ने बताए ।

    प्रशिक्षण कार्यक्रममा पार्टीका पालिका कमिटी सदस्य, वडा कमिटी अध्यक्ष, जनवर्गीय सँगठनका अध्यक्ष, जन प्रतिनिधि, गाउँ कार्य पालिका सदस्य हरुकाे उपस्थिति रहेकाे थियो ।

    नेकपा एमाले रुरुक्षेत्र गाउँपालिका कमिटीका अध्यक्ष फर्सुराम ज्ञवालीकाे  स्वागत तथा अध्यक्षता भएकाे कार्यक्रममा प्रशिक्षणमा सहभागी पालिका कमिटि सदस्य द्वय पदम श्रेष्ठ र माधव ज्ञवालीले प्रशिक्षार्थीकाे तर्फबाट आफ्ना धारणा राखेका थिए भने कार्यक्रमकाे सन्चालन नेकपा एमाले रुरुक्षेत्र गाउँपालिका कमिटीका सचिव ताेय नारायण ज्ञवालीले गरेका थिए ।

    वडा-वडामा प्रशिक्षक 

    पछिल्लो पटक पार्टी कार्यकर्ताहरुमा पार्टीका प्रशिक्षण कार्यक्रम नभएकाले पार्टी कमिटीहरुमा गतिशीलता नदेखिएको ठहर गर्दै नेकपा एमाले रुरुक्षेत्र गाउँपालिकाले पालिका भित्रका ६ वटै वडा हरुमा कार्यकर्ता प्रशिक्षणका लागि प्रशिक्षक खटाएकाे छ ।

    प्रशिक्षकहरुमा कमल राज श्रेष्ठ, निलकण्ठ गौतम, हरि प्रसाद ज्ञवाली, हिमाल श्रेष्ठ, फर्सुराम ज्ञवाली, शेष नारायण पौडेल र लक्ष्मी देवि पन्थलाई प्रशिक्षककाे रुपमा खटाईएकाे नेकपा एमाले रुरुगाउँ पालिका कमिटीका सचिव ताेय नारायण ज्ञवालीले बताए ।

    "हामीले ३ वटा विषयमा केन्द्रित रहेर प्रशिक्षण चलाउने निर्णय गरेका छौँ । ती विषयहरुमा मार्क्सवादी अवधारणा र पार्टीको ऐतिहासिक पृष्ठभूमि, जनताको बहुदलीय जनवाद र समाजवादकाे आधार, पार्टीको तत्कालीन कार्यनीति र पार्टी सदस्यकाे काम कर्तव्य र अधिकार का विषयहरु रहेकाे छन्" उनले भने ।

    प्रशिक्षण भदौ १८ गते वडा नं. २ र ३, भदौ २० गते ५ र ६ यसैगरि भदौ २५ गते ४ र १ मा सन्चालन  हुनेछ ।

    images
    images
    images
    images
    images
    images
    images
    images
    images
    images
    images
    images
  • सम्बन्धित विषय:

  • # गुल्मी
  • # नेकपा एमाले
  • सेतोमसी सहकर्मी
    images

    Copyright © All right reserved to setomasi.com

    सेतोमसीमा प्रकाशित कुनै पनि सामग्रीहरू छापा, विद्युतीय वा अन्य कुनै पनि माध्यमबाट प्रकाशन वा प्रशारण गर्नुअघि अनुमति लिनुहुन अनुरोध छ ।