कृष्ण अन्जान, बुटवल । मानवीयताका अभियानहरू संचालन गर्दै आएको बुटवल लेडि जेसीजले क्यान्सर रोगबाट पीडित लैंगिक तथा यौनिक अल्पसंख्यक समुदायकी अधिकारकर्मी, साहसी कदम नेपाल रुपन्देहीकी अध्यक्ष एवं सञ्चारकर्मी आनिक राना मगरलाई सहयोग रकम हस्तान्तरण गरेको छ । हरितालिका (तीज) लाई लक्षित गरेर राखिएको तीज मिलन कार्यक्रममा उक्त सहयोग रकम हस्तान्तरण गरिएको हो ।
बुटवल लेडि जेसिजले ४२ हजार ४ सय ४५ र सहयोगी सँस्था सपोर्ट लव नेपालले २१ हजार गरि जम्मा ६३ हजार ४ सय ४५ रुपैया क्यान्सर पिडित सन्चारकर्मि राना लाई हस्तान्तरण गरिएको छ ।
कार्यक्रममा प्रमुख अतिथिको रुपमा बोल्दै महिला, बालबालिका तथा ज्येष्ठ नागरिक मन्त्रालय लुम्बिनी प्रदेशका महाशाखा प्रमुख शारदा बस्याल बेल्बासेले तीजको नाममा भइरहेका विकृति हटाइ मौलिकतामा रमाएर तीज मनाउन सुझाव दिइन् ।
अधिकारकर्मी आनिक रानाले जिल्लाभरी मात्र नभइ देशैभरी रहेका लैंगिक तथा यौनिक अलपसंख्यक समुदायका लागि गरेको कामको प्रशंसा गर्दै उनले हिम्मत र सबैको प्रार्थनाले रानाले क्यान्सर रोगलाई जित्न सक्ने शुभेच्छा प्रकट गरिन् ।
कार्यक्रममा नेपाल जेसीजका राधिका पोख्रेल, अनुपमा श्रेष्ठ, कमला लम्साल, पुनम पन्थ लगायतले तीज र महिला शसक्तिकरणको बारेमा बोलेका थिए ।
Copyright © All right reserved to setomasi.com
Site By: SobizTrend Technology