बुटवल, व्यक्तिको सर्वाङ्गिण विकास तथा समाजमा छरिएर रहेका युवा हरुलाई सामाजिक अार्थिक तथा नैतिक चरित्रवान बनाई समाजलाई सेवा प्रदान गर्ने महान उद्देश्य बुटवल लेडि जेसीजले राख्छ ।
यहि महान उद्देश्यका साथ सन 1996 मा स्थापना भएकाे बुटवल लेडी जेसीजको सन 2022का लागि पदहस्तान्तरण कार्यक्रम सम्पन्न भएको छ ।
जेसीज बर्ष २०२१ ले बर्ष २०२२ को नयां नेतृत्वलाइ एक समारोहका बिच पद हस्तान्तरण गरेको हो ।
पद हस्तान्तरण कार्यक्रममा बाेल्दै नेपाल जेसीजका राष्ट्रिय अध्यक्ष लालमणि भण्डारीले नेतृत्व विकास तथा सामाजिक रुपान्तरणमा जेसीजले अाफ्नाे अभियान जारि राखेकाे बताए ।
बुटवल लेडि जेसीजका अध्यक्ष शर्मिला रानाकाे अध्यक्षतामा भएकाे पद हस्तान्तरण कार्यक्रममा नेपाल जेसीजका कार्यकारिणी उपाध्यक्ष अनिल बहादुर शाही केन्द्रीय उपाध्यक्ष
सन्जीव अग्रहरी ,बुटवल लेडि जेसीजका सँस्थापक अध्यक्ष रेखा कट्टेल ,बुटवल उधाेग बाणिज्य सँघका अध्यक्ष उज्जवल कसजु , ,रुपन्देही ब्यापार संघका कोषाध्यक्ष मणि खनाल बुटवल लेडी जेसीज बर्ष २०२२ का अध्यक्ष अनुपमा श्रेष्ठ,महासचिब कमला लम्साल लगाएतले बाेलेका थिए ।
बुटवल लेडि जेसीजकाे सन 2022का लागि निर्विरोध चयन भएकि अनुपमा श्रेष्ठलाई बुटवल लेडि जेसीजकाे अध्यक्षकाे पद हस्तान्तरण गरिएकाे थियाे ।
साेहि अवसरमा जेसीज वर्ष २०२२का लागि निवर्तमान अध्यक्षमा शर्मिला राना ,कार्यकारीणी उपाध्यक्षमा प्रभा गौतम र वेदना पाण्डे कानुनी सल्लाहकारमा कमला लम्साल ,महासचिव संगीता ढकाल,कोषाध्यक्षमा बसन्ता घिमिरे,उपाध्यक्षमा पुनम पन्त,सोनम पाठक,नुमकली राहादी,साबित्रा जिसी,सहसचिबमा सपना ज्ञवाली र सहकोषाध्यक्षमा शुस्मा घिमिरे चयन भएकाे घाेषणा अधयक्ष अनुपमा श्रेष्ठले गरिन ।
पद हस्तान्तरण पछि बर्ष २०२२ का लागि नवनिर्बाचित अध्यक्ष अनुपमा श्रेष्ठले सामाजिक विकासकाे अभियानमा कृयाशिल बुटवल लेडि जेसिसलाई अाफ्नाे कार्यकालमा थप उचाईमा पुर्याउने प्रतिबद्धता व्यक्त गरिन ।
पद हस्तान्तरण कार्यक्रममा विभिन्न ब्यक्तित्व हरुलाई सम्मान गरिएकाे थियाे ।
पद हस्तान्तरणका अवसरमा बुटवल लेडि जेसीजले अाफ्नाे स्मारिका श्रृष्टि प्रकासन गरेकाे छ ।
स्थापनाकाे करिव ढाई दशक पूरा गर्दै गर्दा बुटवल लेडि जेसीजले सामाजिक विकास र रुपान्तरणमा गरेका अविस्मरणिय काम गरेकाे मात्र छैन उत्कृष्ट लेडि जेसीज शाखा सम्मान पनि प्राप्त गरिसकेकाे छ ।
Copyright © All right reserved to setomasi.com
Site By: SobizTrend Technology