कृष्ण अन्जान, बुटवल । “घर बलियो बनाउन जग बलियो हुनुपर्छ” भन्ने मान्यतालाई आत्मसात गर्दै बुटवल लेडी जेसिजको आयोजनामा शुक्रवार एकदिवसिय पब्लिक स्पिकिँग वर्कसपको आयोजना गरेको छ ।
लेडि जेसिजका सदस्यहरुलाई सक्षम र शसक्त बनाउन वर्कसपको आयोजना गरिएको बुटवल लेडी जेसिजका अध्यक्ष अनुपमा श्रेष्ठले बताईन् । नेतृत्वदायी संस्था बनाउनका लागी संस्थामा आवद्ध सबै सदस्यहरु सक्षम र शसक्त हुन जरुरी हुन्छ,अनि मात्र संस्थाको पनि दिगो र बलियो इतिहाँस बन्न सक्छ अध्यक्ष श्रेष्ठको भनाई छ ।
वर्कसपमा पच्चीस जना लेडी जेसिजका सदस्यहरुको सहभागीता रहेको थियो । यस अघि पनि बुटवल लेडी जेसीजले “बोलीमा नेतृत्व” तालिम सम्पन्न गरिसकेको छ।
Copyright © All right reserved to setomasi.com
Site By: SobizTrend Technology