कृष्ण अन्जान, बुटवल । भनिन्छ, जीवन सपना हाे , सपनाहरु उनिन्छन, बुनिन्छन, जाेडिन्छन, ताेडिन्छन । जीवन सपनाकाे नदि हाे भन्ने जान्दाजान्दै पनि मान्छे सपनाकाे नदिमा पौडि रहन्छ ।
नेपाली सँस्कार बा आमाले आफ्नो आज छाेराछाेरीकाे भविष्यका लागि सुम्पिन्छन सपना देख्छन तर छाेराछाेरीका लागि तिनै बा आमा बाेझ बन्छन र बुढेसकालमा बृद्धश्रमकाे शरणमा पुग्न बाध्य बन्छन ।
वर्षै भरि आउने अनेक चाडपर्व हरुमा बृद्धश्रममा बस्ने बा आमाले छाेरा छाेरी भेट्न आउँछन कि भनेर आशा गर्छन तर मात्र आशामा दिन बित्छ बा आमा काे ।
यिनै छाेराछारी आउने आशामा बाँचेका बृद्धाश्रमका बा आमाका माझ महाशिवरात्रीकाे पावन अवसरमा बुटवल लेडी जेसिजका चेली हरु बा आमा भेट्न पुगेका छन ।
जतिबेला बुटवल लेडी जेसीजका चेलीहरु बृद्धाश्रमका बा आमाका भेट्न बुटवल उपमहानगर पालिका वडा न २काे शिद्दबाबा दुर्गा भवानी शिव कुमारी सैँजु बृद्धाश्रम पुग्दा बा आमा हरुले छाेरी हरु आएकाे अनुभुति गरे ।
बुटवल लेडी जेसिजले बा आमाका लागि चामल दाल नुन तेलकाे जाेहाे समेत गरर्याे र भजन किर्तनकाे माध्यम बाट बा आमा सँग एकैछिन भएपनि पीडा भुलाउन नाच गान समेत गर्याे ।
समाजसेवामा अग्रणी सँस्था बुटवल लेडि जेसिजकि अध्यक्ष अनुपमा श्रेष्ठ ,सँस्थापक रेखा कट्टेल ,महासचिव सँगिता ढकाल कार्यक्रम सँयाेजक रुपा श्रेष्ठ बुटवल उपमहानगर पालिका वडा न २ का अध्यक्ष रमेश खनाल बृद्धाश्रमका अध्यक्ष महेश्वर प्रसाद श्रेष्ठ लगाएतले कार्यक्रममा सहभागिता जनाए ।
बृद्धआश्रमजा बा आमा सँग मन्जु प्रधान सँयाेजक रहेकाे भजनमण्डली ,राधे परिवार अध्यक्ष मिना सापकोटा लगाएत कार्यक्रममा सहभाहरुले भजन किर्तन गर्दै बा आमालाई नचाएर रमाइलो गराए ।
महाशिवरात्रीकाे पर्व पारेर बुटवल लेडी जेसिजले गरेकाे याे कार्यक्रम सामाजिक उत्तरदायीतब बाेधमा छुट्टै महत्त्व राख्छ नै सँगै जीवनका पछिल्लाे जीवन बृद्धाश्रममा बिताउन बाध्य बा आमा प्रतिकाे सम्मान प्रति पनि केन्द्रित मात्र रहेन छाेरी बनेर बुटवल लेडी जेसिजले कर्तव्यबोध समेत गराएकाे छ ।
Copyright © All right reserved to setomasi.com
Site By: SobizTrend Technology