कृष्ण अन्जान, गुल्मी । 'रुदैँ जान्छु भोलि! कहाँ सुनौली यो बोली !!' बास्तवमै रुरुक्षेत्र गाउँपालिकाभित्रका वडाहरुबाट वसाईसराईकाे अवस्था यसरी बढेकाे छ कि हरेक आज र भाेलि रुँदै गाउँ छाडेर वसाई जानेहरुकाे लर्काे छ ।गाउँहरु करिब रित्ता छन ।
रुरुक्षेत्र १ काे च्यूरेक गाउँमा पचास प्रतिशत वासिन्दाहरुका घरका ढाेकामा ताला झुण्डिएका छन ।बलेनि र आँगनममा लेउ लागेकाे छ । घर वरिपरि झारले ढाकेकाे छ । गाेठ कट्कुराे र उरिम सबै भत्केर खण्डहर भएका छन ।
यहि च्यूरेककाे बिचबाट सालबिसाउना झ्वाँले स्यालपाेखरी सडककाे ग्रयाभलिँगकाे काम करिब सकिएकाे छ । बाटाघाटा आँगन-आँगनमा पुगेका छन। एकघर एक धाराकाे काम जाेडताेडले भएकाे छ । बिजुली घरघरमा पुगेकाे छ ।अनेक विकास आयाेजनाहरुका लागि बजेट विनियोजन भएका खवर नेताहरुले सुनाउँदै हिँड्छन तर के अर्थ गाउँ रित्तिएपछि विकास काे ?
यहि वडाकाे भट्कुवा गाउँमा पनि वसाई सरेर जानेहरुकाे ताँति छ । "काे कतिबेला जान्छ भन्ने थाहा नै हुँदैन । सबै घर खालि छन । केही महिना अगाडि तिलारका रामजी ज्ञवालीकाे परिवार र नेटेका धनकुमारी खनालकाे परिवार वसाई सरे । हरेक दुई तीन महिनाकाे अन्तरमा एकदुई परिवार वसाई सरेर सहरतिर गएकै छन, गाउँ रित्तिँदै छ" भट्कुवाका लक्ष्मण खनालले भने ।
यहि भट्कुवा हाे कुनै बेला डेढ घण्टाकाे उकालाे चढेर गाउँ पुग्नु पर्थ्याे । यतिबेला एक्लेपिपल सालिपाेखरी, फलाँटे, रह, डाँडिपाेखरी, वर्दिवास मकवादि रह सालिपाेखरी सडक बनेपछि जताततै बाट गाउँ पुग्न सकिन्छ । कुनै बेला एकघण्टाकाे दुरीबाट पानी बाेकेर ल्याउनु पर्ने ठाउँमा यतिबेला एकघर एकधाराकाे व्यवस्था गाउँमा छ तर उपभाेग गर्ने मान्छे साह्रै कम छन् ।
"वसाईसराईंकाे समस्या विकराल छ, घाेषित तथ्यांकले देखाउँछ तर वसाईसराई नलिईकन जानेहरुकाे सँख्या पनि उत्तिकै छ" रुरुक्षेत्र गाउँपालिका वडा न १ का वडा सचिव रामप्रसाद ज्ञवालीले भने ।
"यहाँसम्म कि आफ्नो वसाई सराई छाेराले लिएर गएकाे बा आमालाई थाहा छैन । वसाईसराईपछि लगत कट्टा हुन्छ । ती आमा बा काे लगत कट्टा भएपछि सामाजिक सुरक्षा भत्ता पनि जहाँ गएकाे हाे, त्यता सर्छ तर ती बा आमाहरुले सामाजिक सुरक्षा भत्ता माग्न आउँदा हामीले के भन्ने ? कम्तीमा बा आमाहरुलाई बसाई सराई लगेकाे त थाहादिन पर्याे नि" वडासचिव ज्ञवाली भन्छन ।
रुरुक्षेत्र गाउँपालिकाबाट वडागत तथ्यांक अनुसार आर्थिक वर्ष २०७८/०७९ मा वडा नं. १ रुरु बाट ३ परिवारका १३ जना वसाई सराई गरेर आएका छन भने जानेकाे सँख्या २३ परिवारका ८३ जना रहेका छन ।
यसैगरी वडा न २ ग्वादीमा आउनेमा १ परिवारका १ जना र जानेमा ३१ परिवारका ९६ जना , वडा न ३ थानपतिमा आउने ३ परिवारका ९ जना र जानेमा २४ परिवारका ७८ जना ,वडा न ४ बलेटक्सारमा आउनेमा ४ परिवारका १७ जना र जानेमा २४ परिवारका ८४ जना , वडा न ५ बम्घामा आउने २ परिवारका ७ जना र जानेमा २१ परिवारका ८० जना र वडा न ६ रिमुवामा आउनेमा ४ परिवारका २१ जना र जानेमा १४ परिवारका ५९ जना रहेका छन ।
याे तथ्यांकले बसाइँसराइकाे समस्या भयवह छ र यहि अनुपातमा बसाइँसराइ भयाे भने गाउँ रित्तिँदै जाने र पछिल्लो पुस्ताले आफ्नो पुर्खाकाे थातथलाेकाे नामै थाहा नपाउने हुनसक्छ ।
तर राज्य हाेस या स्थानीय तह बसाइँसराइ राेक्ने ठाेस उपाय ल्याउन असफल देखिएकाे छ ।विकासका कराेडौँ बजेट रित्ता वस्तिहरुमा बिनियाेजन गर्नु भन्दा त्याे बजेटलाई गाउँमै राेजगारका अवसर हरु सिर्जना गर्ने लगाउँदा उपयुक्त हुन्छ अन्यथा रित्ता गाउँमा भौतिक विकासकाे कुनै अर्थ देखिँदैन ।
Copyright © All right reserved to setomasi.com
Site By: SobizTrend Technology