राहुल देव सापकोटा, देवदह । रुपन्देहीको देवदहमा सानाकिसान सहकारी संस्थाले संस्थाका २५ किसानलाई दुग्ध संकलन सामग्री वितरण गरेको छ । नेपाल लाइफस्टक सेक्टर इनोभेसन आयोजना अन्तर्गत रहेर शुक्रबार उक्त सामाग्रीहरु किसानलाइ वितरण गरिएको हो ।
कार्यक्रमको औचित्यमाथि प्रकाश पार्दै कार्यक्रमकी अध्यक्ष एवं सानाकिसान सहकारी संस्था, देवदहकी अध्यक्ष टीका न्यौपानेले आयोजनामा सानाकिसान सहकारी छनोट भएकोमा खुसी व्यक्त गरीन् ।
सानाकिसान सहकारी संस्थामा आवद्ध ५८ किसान छनोट गरि त्यस मध्यका उत्कृष्ट २५ किसानलाइ यो आयोजनामा सहभागी गराएर कृषि सामग्री बितरण गरिएको उनको भनाइ छ । जसमध्य १४ महिला र ११ पुरुष कृषक रहेका छन ।
उक्त आयोजना मार्फत २५ किसानलाइ दुधको दुइवटा क्यान र दुइवटा दूध दुहुने बाल्टी वितरण गरिएको छ ।
कार्यक्रममा बोल्दै प्रमुख अतिथि एवं नेपाल लाइफस्टक सेक्टर इनोभेसन आयोजनाका प्रमुख गान्धीराज उपाध्यले विभिन्न चरण पार गरेर आयोजना प्राप्त सफल भएकोमा सानाकिसान सहकारी संस्था देवदहलाइ बधाइ दिए । गाँउको उत्पादन सहरमा बेचेर गाउँमा पैसा भित्र्याउने एक मात्रै माध्यम कृषी रहेको बताउँदै उनले कृषि बिना समृद्धि सम्भव नरहेको जिकिर गरे ।
कार्यक्रममा देवदह नगरपालिका कृषि शाखा प्रमुख हर्क बहादुर दहानीले मन्तव्य मार्फत शुभकामना व्यक्त गरेका थिए।
कार्यक्रम सानाकिसाम सहकारीकी अध्यक्ष टीका न्यौपानेको अध्यक्षता उक्त संस्थाका पुर्व उपाध्यक्ष एवं वर्तमान सदस्य डन्डपानी भट्टराईको स्वागत तथा व्यवस्थापक सरला सुवेदीको संचालनमा सम्पन्न भएको थियो ।
Copyright © All right reserved to setomasi.com
Site By: SobizTrend Technology