Logo

२०८३, मंसिर १३गते


images
images

इटहरीमा बसको ठक्करबाट ८२ वर्षीय वृद्धको मृत्यु

इटहरीमा बसको ठक्करबाट ८२ वर्षीय वृद्धको मृत्यु

images
  • इटहरीमा बसको ठक्करबाट ८२ वर्षीय वृद्धको मृत्यु
    images

    सुनसरी । सुनसरीको इटहरीमा बसको ठक्करबाट ८२ वर्षीय वृद्धको मृत्यु भएको छ ।

    images
    images
    images

    शनिबार बिहान इटहरी उपमहानगरपालिका–२ होम्सस्थित कोशी लोकमार्गमा उत्तरबाट दक्षिणतर्फ आउँदै गरेको को १ ख ५२३७ नम्बरको बसले इटहरी–२० तरहरा शान्ति टोलका भीमबहादुर खत्रीलाई ठक्कर दिएको थियो ।

    images
    images

    दुर्घटनामा घाइते भएका खत्रीलाई प्रहरी टोलीले उपचारका लागि विराट मेडिकल कलेज टिचिङ अस्पताल, विराटनगर पुर्‍याएको थियो । चिकित्सकले उनलाई मृत घोषणा गरेका थिए ।

    images

    दुर्घटनामा संलग्न बस र चालक धनकुटा नगरपालिका–२ निवासी ५४ वर्षीय निरबहादुर कार्कीलाई प्रहरीले नियन्त्रणमा लिएको छ ।

     

     

    images
    images
    images
    images
  • सम्बन्धित विषय:

  • # बसको ठक्कर
  • Copyright © All right reserved to setomasi.com

    सेतोमसीमा प्रकाशित कुनै पनि सामग्रीहरू छापा, विद्युतीय वा अन्य कुनै पनि माध्यमबाट प्रकाशन वा प्रशारण गर्नुअघि अनुमति लिनुहुन अनुरोध छ ।