Logo

२०८३, मंसिर १३गते


images
images

विश्वकप छनोट प्लेअफ खेल्ने नेपाली टिमको घोषणा, को को परे ?

विश्वकप छनोट प्लेअफ खेल्ने नेपाली टिमको घोषणा, को को परे ?

images
  • विश्वकप छनोट प्लेअफ खेल्ने नेपाली टिमको घोषणा, को को परे ?
    images

    काठमाडौं । सन् २०२७ मा आयोजना हुने आईसीसी पुरुष एकदिवसीय क्रिकेट विश्वकपको छनोटअन्तर्गत नेपालमा हुने प्लेअफ प्रतियोगिताका लागि नेपालले १५ सदस्यीय टोली घोषणा गरेको छ ।

    images
    images
    images

    नेपाल क्रिकेट संघ (क्यान) ले सन्दीप लामिछानेको कप्तानीमा १५ सदस्यीय टोली सार्वजनिक गरेको हो । घोषित टोलीमा अभिषेश गौतमले पहिलोपटक एकदिवसीय राष्ट्रिय टोलीमा स्थान बनाएका छन् ।

    images
    images

    टोलीमा सन्दीप लामिछाने (कप्तान), आसिफ शेख, अर्जुन कुमाल, ईशान पाण्डे, देव खनाल, कुशल भुर्तेल, राशिद खान, रोहित पौडेल, दीपेन्द्रसिंह ऐरी, गुल्शन झा, बसिर अहमद, करण केसी, नन्दन यादव, ललितनारायण राजवंशी र अभिषेक गौतम रहेका छन् ।

    images

    अन्तर्राष्ट्रिय क्रिकेट परिषद् (आईसीसी) ले डिसेम्बर ४ देखि २१ सम्म नेपालमा प्रतियोगिता आयोजना गर्ने खेलतालिका सार्वजनिक गरिसकेको छ । प्रतियोगितामा नेपालसहित इटाली, नामिबिया, युगान्डा, क्यानडा, कुवेत, जर्सी र संयुक्त अरब इमिरेट्स (यूएई) गरी आठ टोली सहभागी हुनेछन् । यी टोलीले विश्वकपको ग्लोबल छनोटमा बाँकी रहेका चार स्थानका लागि प्रतिस्पर्धा गर्नेछन् ।

    प्रतियोगिताका खेल काठमाडौंको त्रिवि क्रिकेट मैदान र माथिल्लो मूलपानी क्रिकेट मैदानमा सञ्चालन हुनेछन् । उद्घाटन खेलमा डिसेम्बर ४ मा नेपालले त्रिवि मैदानमा इटालीसँग प्रतिस्पर्धा गर्नेछ । सोही दिन माथिल्लो मूलपानीमा नामिबिया र युगान्डाबीच खेल हुनेछ ।

    नेपालले डिसेम्बर ६ मा युगान्डा, १० मा यूएई, १२ मा जर्सी, १४ मा क्यानडा, १८ मा नामिबिया र २१ मा कुवेतसँग खेल्नेछ । नेपालका सबै खेल त्रिवि क्रिकेट मैदानमा हुनेछन् ।

    यसअघि नै वेस्ट इन्डिज, आयरल्यान्ड, अमेरिका, स्कटल्यान्ड, नेदरल्यान्ड्स र ओमानले ग्लोबल छनोटमा स्थान सुरक्षित गरिसकेका छन् । नेपालमा हुने प्लेअफबाट छनोट भएका चार टोली पनि थपिएपछि ग्लोबल छनोटमा १० टोलीबीच प्रतिस्पर्धा हुनेछ ।

    ग्लोबल छनोटको विजेता टोलीले सन् २०२७ को विश्वकपमा सिधै स्थान बनाउनेछ भने दोस्रो, तेस्रो र चौथो हुने टोली नयाँ संरचनाअनुसार सञ्चालन हुने सुपर सिरिजमा सहभागी हुनेछन् ।

    सन् २०२७ को पुरुष एकदिवसीय क्रिकेट विश्वकप दक्षिण अफ्रिका, जिम्बाब्वे र नामिबियामा अक्टोबर २ देखि नोभेम्बर २१ सम्म आयोजना हुनेछ । १४ टोली सहभागी हुने प्रतियोगितामा १२ मैदानमा कुल ५७ खेल सञ्चालन हुनेछन् ।

     

     

    images
    images
    images
    images
  • सम्बन्धित विषय:

  • # विश्वकप छनाैट
  • Copyright © All right reserved to setomasi.com

    सेतोमसीमा प्रकाशित कुनै पनि सामग्रीहरू छापा, विद्युतीय वा अन्य कुनै पनि माध्यमबाट प्रकाशन वा प्रशारण गर्नुअघि अनुमति लिनुहुन अनुरोध छ ।