Logo

२०८३, मंसिर १३गते


images
images

घरेलु मैदानमै अलाभेससँग रियल म्याड्रिड पराजित

घरेलु मैदानमै अलाभेससँग रियल म्याड्रिड पराजित

images
  • घरेलु मैदानमै अलाभेससँग रियल म्याड्रिड पराजित
    images

    काठमाडौँ । स्पेनिस ला लिगाअन्तर्गत गएराति भएको खेलमा रियल म्याड्रिड डिपोर्टिभो अलाभेससँग २–१ गोलअन्तरले पराजित भएको छ । घरेलु मैदानमा भएको खेलमा हार बेहोरेसँगै रियल म्याड्रिडलाई उपाधि दौडमा धक्का लागेको छ ।

    images
    images
    images

    खेलको २२औँ मिनेटमा टोनी मार्टिनेजले गोल गर्दै अलाभेसलाई अग्रता दिलाएका थिए । पहिलो हाफमा पछि परेको रियलले दोस्रो हाफमा पनि अपेक्षित प्रदर्शन गर्न सकेन । खेलको ६१औँ मिनेटमा एन्जेल पेरेजले गोल गर्दै अलाभेसको अग्रता २–० पुर्‍याएका थिए ।

    images
    images

    त्यसपछि रियलले आक्रमण तीव्र बनाएको थियो । खेलको ६९औँ मिनेटमा किलियन एम्बाप्पेले जुड बेलिङ्घमको पासमा गोल गर्दै रियललाई खेलमा फर्काउने प्रयास गरेका थिए । तर बाँकी समयमा थप गोल गर्न नसक्दा रियल २–१ ले पराजित भयो ।  

    images

    खेलको ८८औँ मिनेटमा जुड बेलिङ्घम दोस्रो पहेँलो कार्ड पाउँदै मैदानबाट बाहिरिएका थिए । सुरुमा रियलले पेनाल्टी पाएको भए पनि भिडियो सहायक रेफ्रीको समीक्षा पछि उक्त निर्णय उल्टाइएको थियो । 

    यो हारसँगै रियल म्याड्रिडको घरेलु मैदानमा जारी अपराजित यात्रामा पूर्णविराम लागेको छ । यसअघि टोलीले यस सिजन घरेलु मैदानमा लगातार १० खेल जितेको थियो । हारपछि रियल ३३ अंकसहित ला लिगाको तेस्रो स्थानमा झरेको छ । शीर्ष स्थानमा रहेको बार्सिलोनाभन्दा रियल तीन अंकले पछाडि छ भने दोस्रो स्थानको एट्लेटिको म्याड्रिडभन्दा एक अंकले पछाडि छ ।

    images
    images
    images
    images
  • सम्बन्धित विषय:

  • # स्पेनिस ला लिगा
  • Copyright © All right reserved to setomasi.com

    सेतोमसीमा प्रकाशित कुनै पनि सामग्रीहरू छापा, विद्युतीय वा अन्य कुनै पनि माध्यमबाट प्रकाशन वा प्रशारण गर्नुअघि अनुमति लिनुहुन अनुरोध छ ।