Logo

२०८३, श्रावण २७गते


images
images

बाबुराम भट्टराईको पार्टीको नाम टुंगियो, आँखा चुनाव चिन्हका लागि प्रक्रिया सुरु 

बाबुराम भट्टराईको पार्टीको नाम टुंगियो, आँखा चुनाव चिन्हका लागि प्रक्रिया सुरु 

images
  • बाबुराम भट्टराईको पार्टीको नाम टुंगियो, आँखा चुनाव चिन्हका लागि प्रक्रिया सुरु 
    images
    images

    काठमाडौं । पुर्वप्रधानमन्त्री डा. बाबुराम भट्टराई समूहले पार्टीको नाम टुंगो लगाएको छ । नेपाल समाजवादी पार्टी नाम र चुनाव चिन्ह आँखा राख्ने सहमति भएको उनी निकट नेताले बताएका छन्  ।

    images
    images
    images

    यो चुनाव चिह्न कुनै समय भट्टराई नेतृत्वको नयाँ शक्ति पार्टीको थियो । अहिले समावेशी लोकतान्त्रिक पार्टीको छ । जनता समाजवादी पार्टी (जसपा) मा विवाद चर्किएका बेला भट्टराई निकट दीपक लामिछानेको अध्यक्षतामा ५ फागुनमा यो दल निर्वाचन आयोगमा दर्ता भएको थियो ।

    images
    images
    images

    २ वर्षसम्म यो चुनाव चिह्न अर्को पार्टीले नपाउने भएका कारण नाम फेरेर ‘नेपाल समाजवादी पार्टी’ राख्ने र डा. बाबुरामलाई हस्तान्तरण गर्ने सहमति भएको छ ।

    images
    images
    images

    त्यसअनुसार आइतबार विधान संशोधनका लागि निर्वाचन आयोगमा निवेदन परेको छ । आयोगले विधान स्वीकृत गरेपछि केन्द्रीय कार्यसमिति परिर्वतन हुन्छ । एक नेता भन्छन्, ‘त्यसपछि बल्ल डा. बाबुरामको हातमा पार्टी आइपुग्छ ।’

    नेताहरुका अनुसार पार्टीको विधानमा फरक फरक समुदायबाट तीन अध्यक्षको व्यवस्था गरिएको छ ।

    डा. भट्टराईले अध्यक्ष बन्ने रुचि देखाएको अवस्थामा खसआर्य समुदायबाट उनी अध्यक्ष बन्ने छन् भने मधेसी समुदायबाट महेन्द्र राय यादव हुनेछन् । आदिवासी जनजाति क्लस्टरबाट भने कसलाई अध्यक्ष बनाउने भन्ने अन्यौल छ । एक नेता भन्छन्, ‘हिषिला यमी र गंगानारायण श्रेष्ठ बाहेक अरु छैन । कि त उहाँहरुलाई राख्नुपर्‍यो, होइन भने दुई अध्यक्षमा राखेर चुनावसम्म जाने अवस्था पनि आउनसक्छ ।’

    दलको नाम परिर्वतन लगायतका प्रक्रिया बाँकी रहेकाले यसबारे निर्णय भइनसकेको एक नेताले बताए ।

    images
    images
    images
    images
    images
    images
    images
    images
    images
    images
    images
    images
  • सम्बन्धित विषय:

  • # बाबुराम भट्टराई
  • images

    Copyright © All right reserved to setomasi.com

    सेतोमसीमा प्रकाशित कुनै पनि सामग्रीहरू छापा, विद्युतीय वा अन्य कुनै पनि माध्यमबाट प्रकाशन वा प्रशारण गर्नुअघि अनुमति लिनुहुन अनुरोध छ ।