Logo

२०८३, मंसिर ५गते


images
images

समाचार

एन्टिमाइक्रोबियल रेसिस्टेन्स नियन्त्रणका लागि सबै क्षेत्रबीच सहकार्य आवश्यक- मन्त्री मेहता

एन्टिमाइक्रोबियल रेसिस्टेन्स नियन्त्रणका लागि सबै क्षेत्रबीच सहकार्य आवश्यक- मन्त्री मेहता

images
  • एन्टिमाइक्रोबियल रेसिस्टेन्स नियन्त्रणका लागि सबै क्षेत्रबीच सहकार्य आवश्यक- मन्त्री मेहता
    images

    काठमाडौँ । स्वास्थ्य तथा खाद्य स्वच्छतामन्त्री निशा मेहताले एन्टिमाइक्रोबियल रेसिस्टेन्स (एएमआर) नियन्त्रणका लागि स्वास्थ्य, कृषि, पशुपन्छी र वातावरण क्षेत्रबीच प्रभावकारी समन्वय आवश्यक रहेको बताएकी छन् ।

    images
    images
    images

    विश्व एन्टिमाइक्रोबियल सचेतना सप्ताह २०२६ का अवसरमा शुक्रबार आयोजित कार्यक्रममा उनले एएमआर मानव स्वास्थ्यमा मात्र सीमित नभई पशुपन्छी, वनस्पति, खाद्य प्रणाली र वातावरणसँग जोडिएको साझा चुनौती भएको बताएकी हुन् ।

    images
    images
    images

    उनले एन्टिमाइक्रोबियल औषधिको जथाभावी प्रयोगले संक्रमणको उपचार कठिन बनाउनुका साथै उपचार खर्च बढाउने र स्वास्थ्य प्रणालीमा दबाब सिर्जना गर्ने उल्लेख गरिन् । यसको नियन्त्रणका लागि राष्ट्रिय कार्ययोजना प्रभावकारी रूपमा कार्यान्वयन गर्नुपर्ने उनको भनाइ थियो ।

    images
    images

    कार्यक्रममा अस्पतालहरूमा एन्टिमाइक्रोबियल औषधिको प्रयोगको अवस्था अध्ययन गर्ने प्रोटोकल पनि सार्वजनिक गरिएको छ । यसले औषधिको विवेकपूर्ण प्रयोग प्रवर्द्धन र प्रमाणमा आधारित नीति निर्माणमा सहयोग पुग्ने अपेक्षा गरिएको छ ।

    मन्त्री मेहताले चिकित्सकको सल्लाहबिना एन्टिमाइक्रोबियल औषधि प्रयोग नगर्न नागरिकलाई आग्रह गर्दै खोप, संक्रमण नियन्त्रण, सुरक्षित खानेपानी र सरसफाइलाई प्राथमिकता दिनुपर्ने बताइन् ।

    images
    images
    images
    images
    images
    images
    images
    images
    images
    images
    images

    Copyright © All right reserved to setomasi.com

    सेतोमसीमा प्रकाशित कुनै पनि सामग्रीहरू छापा, विद्युतीय वा अन्य कुनै पनि माध्यमबाट प्रकाशन वा प्रशारण गर्नुअघि अनुमति लिनुहुन अनुरोध छ ।