Logo

२०८३, मंसिर ५गते


images
images

प्रविधि

आइपिओपछि एन्थ्रोपिकका २८ सय कर्मचारी बने अरबपति

आइपिओपछि एन्थ्रोपिकका २८ सय कर्मचारी बने अरबपति

images
  • आइपिओपछि एन्थ्रोपिकका २८ सय कर्मचारी बने अरबपति
    images

    काठमाडौँ । अमेरिकी कृत्रिम बौद्धिकता कम्पनी एन्थ्रोपिकको प्रारम्भिक सार्वजनिक निष्कासन (आइपीओ) पछि कम्पनीका हजारौँ कर्मचारी करोडपति बनेका छन् ।

    images
    images
    images

    सार्वजनिक विवरणअनुसार कम्पनीका करिब २ हजार ८०० कर्मचारीसँग कम्तीमा एक करोड अमेरिकी डलर बराबरको सम्पत्ति पुगेको छ । त्यस्तै, चार सयभन्दा बढी कर्मचारीको सम्पत्ति १० करोड डलरभन्दा माथि पुगेको बताइएको छ ।

    images
    images
    images

    कम्पनीको सेयर बजारमा प्रवेशसँगै कर्मचारीको सम्पत्तिमा ठूलो वृद्धि भएको हो । तर, कम्पनीले तोकेको सेयर बिक्रीसम्बन्धी बन्देजका कारण कर्मचारीले तत्काल आफ्नो सेयर बेचेर उक्त सम्पत्ति नगदमा परिणत गर्न पाउने छैनन् ।

    images
    images

    एन्थ्रोपिकले प्रारम्भिक सार्वजनिक निष्कासनमार्फत ८१ अर्ब ३० करोड अमेरिकी डलर जुटाएको बताइएको छ । यो निष्कासनले अन्तरिक्ष तथा विद्युतीय सवारीसाधनसम्बन्धी कम्पनी स्पेसएक्सको ७५ अर्ब डलरको निष्कासनलाई उछिन्दै विश्वकै ठूलो प्रारम्भिक सार्वजनिक निष्कासनको कीर्तिमान बनाएको दाबी गरिएको छ ।

    कम्पनीले प्रतिकित्ता ८३ डलरमा सेयर निष्कासन गरेको थियो। कारोबार सुरु हुँदा सेयर मूल्य बढेर १११ डलर ५० सेन्ट पुगेको थियो भने कारोबारको अन्त्यमा ९७ डलर १७ सेन्ट कायम भएको थियो। यससँगै पहिलो दिनमै सेयर मूल्यमा करिब १७ प्रतिशत वृद्धि भएको थियो ।

    सेयर बजारमा प्रवेशपछि एन्थ्रोपिकको बजार मूल्य करिब १ हजार ८ सय अर्ब डलर पुगेको थियो । कारोबारका क्रममा कम्पनीको मूल्य केही समय २ हजार अर्ब डलरभन्दा माथि पुगेको बताइएको छ । यससँगै एन्थ्रोपिक अमेरिकी बजारका सबैभन्दा मूल्यवान् कम्पनीमध्ये सातौँ स्थानमा पुगेको दाबी गरिएको छ ।

    सन् २०२१ मा स्थापना भएको एन्थ्रोपिकका संस्थापकमा डारियो अमोडेई, ड्यानिएला अमोडेईसहित सात जना रहेका छन् । कम्पनीले विकास गरेको कृत्रिम बौद्धिकता प्रणाली ‘क्लोड’ यसको प्रमुख उत्पादन हो ।

    यसअघि गुगल, माइक्रोसफ्ट र एनभिडियाबाट पनि कम्पनीले छुट्टाछुट्टै रूपमा २६ अर्ब अमेरिकी डलर बराबरको लगानी प्राप्त गरेको थियो । ती ठूला लगानी र सेयर बजारमा भएको सफल प्रवेशले एन्थ्रोपिकलाई कृत्रिम बौद्धिकता क्षेत्रमा तीव्र गतिमा विस्तार भइरहेको प्रमुख कम्पनीका रूपमा स्थापित गरेको छ ।

    कम्पनीको सेयर मूल्यमा भएको वृद्धिले संस्थापक र लगानीकर्तालाई मात्र नभई हजारौँ कर्मचारीलाई पनि ठूलो आर्थिक लाभ पुर्‍याएको छ । विशेषगरी २ हजार ८०० कर्मचारीको सम्पत्ति कम्तीमा एक करोड डलर पुगेको विवरणले प्रविधि कम्पनीको सफलताले कर्मचारीको व्यक्तिगत सम्पत्तिमा पार्न सक्ने प्रभावलाई चर्चामा ल्याएको छ ।

    images
    images
    images
    images
    images
    images
    images
    images
    images
    images
  • सम्बन्धित विषय:

  • # आइपिओ
  • # एन्थ्रोपिक
  • images

    Copyright © All right reserved to setomasi.com

    सेतोमसीमा प्रकाशित कुनै पनि सामग्रीहरू छापा, विद्युतीय वा अन्य कुनै पनि माध्यमबाट प्रकाशन वा प्रशारण गर्नुअघि अनुमति लिनुहुन अनुरोध छ ।