Logo

२०८३, मंसिर ५गते


images
images

राजनीति

निर्वाचन आयोगमा दलका शीर्ष नेताहरूसँग छलफल जारी, बाहिरिए ओली

निर्वाचन आयोगमा दलका शीर्ष नेताहरूसँग छलफल जारी, बाहिरिए ओली

images
  • निर्वाचन आयोगमा दलका शीर्ष नेताहरूसँग छलफल जारी, बाहिरिए ओली
    images

    काठमाडौँ । स्थानीय तह निर्वाचनको तयारीबारे निर्वाचन आयोगमा राष्ट्रिय मान्यताप्राप्त राजनीतिक दलका शीर्ष नेताहरूसँग छलफल जारी छ ।

    images
    images
    images

    छलफलमा राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछाने, नेपाली कांग्रेसका सभापति गगन थापा, नेपाली कम्युनिस्ट पार्टीका संयोजक पुष्पकमल दाहाल ‘प्रचण्ड’ लगायतका नेताहरू सहभागी छन् ।

    images
    images
    images

    नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओली भने छलफलबाट बाहिरिएका छन् । बैठकमा एमालेका तर्फबाट नेता देवेन्द्र दाहाल सहभागी छन् । बैठकबाट बाहिरिने क्रममा ओलीले आफू उपस्थित भएर निस्किएको बताएका थिए । बाहिर निस्किएपछि प्रतिकृया दिदै ओलीले आउँदै आएन भन्ने नपरोस् भनेर आएको बताए ।

    images
    images

    सबै दलका शीर्ष नेताहरू सहभागी हुँदा आफू किन नबसेको भन्ने सञ्चारकर्मीको प्रश्नमा ओलीले एमालेबाट पनि सोही तहका नेता सहभागी रहेको बताएका थिए । 

    छलफलका लागि राष्ट्रिय स्वतन्त्र पार्टी, नेपाली कांग्रेस, नेकपा एमाले, नेपाली कम्युनिस्ट पार्टी, श्रम संस्कृति पार्टी र राष्ट्रिय प्रजातन्त्र पार्टीलाई आमन्त्रण गरिएको छ । आयोगले स्थानीय तह निर्वाचनसँगै प्रदेशसभा निर्वाचन पनि गर्ने विषयमा दलहरूको धारणा माग्ने तयारी गरेको छ ।

    २०७९ सालमा निर्वाचित स्थानीय तहका जनप्रतिनिधिको पाँचवर्षे कार्यकाल आगामी वैशाखमा सकिँदैछ। त्यसअघि निर्वाचन सम्पन्न गर्ने तयारीस्वरूप आयोगले दलहरूसँग परामर्श थालेको हो ।

    स्थानीय तह निर्वाचन ऐनअनुसार जनप्रतिनिधिको कार्यकाल समाप्त हुनुभन्दा दुई महिनाअघि निर्वाचन गर्नुपर्ने व्यवस्था छ । यसअनुसार आगामी फागुन–चैतमा स्थानीय तह निर्वाचन गर्नुपर्ने हुन्छ ।

     

     

    images
    images
    images
    images
    images
    images
    images
    images
    images
    images
  • सम्बन्धित विषय:

  • # निर्वाचन आयोग
  • images

    Copyright © All right reserved to setomasi.com

    सेतोमसीमा प्रकाशित कुनै पनि सामग्रीहरू छापा, विद्युतीय वा अन्य कुनै पनि माध्यमबाट प्रकाशन वा प्रशारण गर्नुअघि अनुमति लिनुहुन अनुरोध छ ।