काठमाडौं । नेपाली बजारमा सुनचाँदीको मूल्यमा आजपनि गिरावट आएको छ ।
आज सुनको मूल्य तोलाको १२ हजार २ सयले घटेर तोलाको दुई लाख ४५ हजार ४ सयमा कारोबार भइरहेको छ । यसअघि विहिबार सुन प्रतितोला दुई लाख ५७ हजार ६ सयमा कारोबार भएको थियो ।
त्यस्तै, आज चाँदीको मूल्य प्रतितोला २२५ रुपैयाँले घटेको छ । आज चाँदी प्रतितोला ३११० रुपैयाँमा कारोबार भइरहेको महासंघले जनाएको छ । यसअघि विहिबार चाँदी ३३३५ रुपैयाँमा कारोबार भएको थियो ।
Copyright © All right reserved to setomasi.com
Site By: SobizTrend Technology