Logo

२०८३, कार्तिक ७गते


images
images

चीनको तिब्बतमा ७ म्याग्निच्युडको भूकम्प: १६ जनाको मृत्यु, ३२ जना घाइते

चीनको तिब्बतमा ७ म्याग्निच्युडको भूकम्प: १६ जनाको मृत्यु, ३२ जना घाइते

images
  • चीनको तिब्बतमा ७ म्याग्निच्युडको भूकम्प: १६ जनाको मृत्यु, ३२ जना घाइते
    images
    images

    काठमाडौं । चीनको दक्षिणपश्चिमी क्षेत्र तिब्बतमा बिहीबार राति ७ म्याग्निच्युडको शक्तिशाली भूकम्प जाँदा १६ जनाको मृत्यु भएको छ भने ३२ जना घाइते भएका छन् ।

    images
    images
    images

    चिनियाँ समाचार संस्था सिन्ह्वाका अनुसार स्थानीय समयअनुसार बिहीबार राति नाग्छु सहरमा भूकम्प गएको हो । 

    images
    images
    images

    भूकम्पको केन्द्रबिन्दु उत्तरी तिब्बतको नाग्छु क्षेत्रअन्तर्गत कम जनघनत्व भएको उच्च हिमाली जिल्लामा रहेको थियो। जमिनको सतहबाट करिब १० किलोमिटर गहिराइमा केन्द्रबिन्दु रहेको चिनियाँ भूकम्प सञ्जाल केन्द्रले जनाएको छ। केन्द्रबिन्दु आसपासको क्षेत्र समुद्री सतहबाट औसत ४ हजार ८६४ मिटर उचाइमा रहेको छ ।

    images
    images
    images

    स्थानीय सञ्चारमाध्यमका अनुसार भूकम्पको केन्द्रबिन्दु नजिकैको एउटा गाउँमा कम्तीमा दुई जना घाइते भेटिएका छन् । भूकम्पका कारण केही घरका भित्तामा चिरा परेको छ। भूकम्पको धक्का स्थानीय क्षेत्रमा स्पष्ट महसुस गरिएको थियो। यसको केन्द्रबिन्दु तिब्बतको राजधानी ल्हासाबाट करिब ४०० किलोमिटर टाढा रहेको छ ।

    भूकम्पपछि स्थानीय बासिन्दा घरबाट बाहिर निस्केर खुला ठाउँ तथा सडकमा पार्क गरिएका गाडीमा आश्रय लिन पुगेका थिए। प्रभावित क्षेत्रमा उद्धार तथा अग्नि नियन्त्रण टोली परिचालन गरिएको सरकारी सञ्चारमाध्यमले जनाएको छ ।

    ७ म्याग्निच्युडको भूकम्पपछि आसपासका क्षेत्रमा ३ देखि ४ म्याग्निच्युडसम्मका परकम्पसमेत रेकर्ड भएका छन् ।

    यो भूकम्प सन् २०२४ जनवरीयता चीनमा गएको सबैभन्दा शक्तिशाली भूकम्प भएको समाचारमा उल्लेख छ। यसअघि सन् २०१० मा छिमेकी छिङहाई प्रान्तको युशु क्षेत्रमा ७.१ म्याग्निच्युडको भूकम्प जाँदा कम्तीमा २ हजार ६९८ जनाको मृत्यु भएको थियो भने करिब ३०० जना बेपत्ता भएका थिए ।

    images
    images
    images
    images
    images
    images
    images
    images
    images
    images
    images
  • सम्बन्धित विषय:

  • # शक्तिशाली भूकम्प
  • images

    Copyright © All right reserved to setomasi.com

    सेतोमसीमा प्रकाशित कुनै पनि सामग्रीहरू छापा, विद्युतीय वा अन्य कुनै पनि माध्यमबाट प्रकाशन वा प्रशारण गर्नुअघि अनुमति लिनुहुन अनुरोध छ ।