Logo

२०८३, श्रावण २७गते


images
images

जापानमा ७.१ म्याग्निच्युडको शक्तिशाली भूकम्प, सुनामी चेतावनी

जापानमा ७.१ म्याग्निच्युडको शक्तिशाली भूकम्प, सुनामी चेतावनी

images
  • सेतोमसी सहकर्मी
  • जापानमा ७.१ म्याग्निच्युडको शक्तिशाली भूकम्प, सुनामी चेतावनी
    images
    images

    टोक्यो । जापानमा बिहीबार अपरान्ह शक्तिशाली भूकम्पको धक्का महसुस भएको छ। अमेरिकन भौगर्भिक विभागका अनुसार दक्षिणी जापानमा शक्तिशाली भूकम्प को धक्का महसुस भएको हो ।

    images
    images
    images

    जापानी टेलिभिजन एनएचके वर्ल्डका अनुसार भूकम्पपछि मियाजाकी, कोची, ओइता, कगोशिमा जस्ता इलाकामा सुनामीको चेतावनी जारी गरिएको छ।

    images
    images
    images

    जपानका प्रधानमन्त्रीले पनि भूकम्पपछि सरकारको तर्फबाट केही निर्देशन जारी गरेका छन् ।

    images
    images
    images

    प्रधानमन्त्रीको निर्देशनअुनसार जनतालाई समयमै सुनामी र अन्य जोखिमबारेको सूचना तत्काल दिन भनिएको छ । साथै क्षति रोक्नका लागि नागरिकलाई जोखिमयुक्त स्थानबाट निकाल्ने जस्ता कदम चाल्न भनिएको छ । सम्भावित क्षतिको तत्काल आकलन गर्न पनि उनले सरकारी  निकायलाई भनेका छन् ।

    स्थानीय सरकारसँग मिलेर काम गर्न नियमित सम्पर्कमा रहन आग्रहसहित जापानी प्रधानमन्त्रीले नागरिकको ज्यान बचाउन कुनै कसर बाँकी नराख्न भनेका छन् ।

    images
    images
    images
    images
    images
    images
    images
    images
    images
    images
    images
    images
    सेतोमसी सहकर्मी
    images

    Copyright © All right reserved to setomasi.com

    सेतोमसीमा प्रकाशित कुनै पनि सामग्रीहरू छापा, विद्युतीय वा अन्य कुनै पनि माध्यमबाट प्रकाशन वा प्रशारण गर्नुअघि अनुमति लिनुहुन अनुरोध छ ।