कृष्ण अन्जान, गुल्मी । संसाझै गाउँभरि बाघ आएकाे हल्ला खल्ला भयाे । गाउँलेहरु दगुरा-दगुर गरे । त्यतिन्जेल बाघले बाखा ढाली सकेकाे थियाे ।
रुरुक्षेत्र गाउँपालिका वडा नं. १ भट्कुवामा साेमबार साँझ ६ बज्दा नबज्दै दुई घरका तीन वटा बाख्रा बाघले गाेठमै ढालिदिएकाे रुरुक्षेत्र १ का वडा सदस्य शुसिल श्रेष्ठले जानकारी दिएका छन ।
श्रेष्ठका अनुसार भट्कुवाकि शान्ता भट्टराईले पालेका माउ र पाठि, यसैगरी तुल्सा ज्ञवालीले पालेकाे पाठाेलाई गाेठमै आक्रमण गरि मारिदिएकाे छ ।
मकैबारीमा काममा गएकाे मौका पारेर बाघले गाेठमै बाख्रा खाएकाे वडा सदस्य श्रेष्ठले बताए । बाघ आएकाे थाहा पाएपछि हल्ला खल्ला गरेर लखेटियाे तर बाख्रा भने बचाउन सकिएन शान्ता भट्टराईले भनिन ।
यतिबेला बारीमा मकैका बाेट रहेका र बाघलाई लुक्न र ढुक्क समेत सजिलो भएकाे छ । बाघ बुढाे भएपछि गाउँतिर लाग्ने भनाई झै रुरुक्षेत्रका अन्य वडाहरुमा पनि सँसाझै बाघ कराउने गरेको छ ।
Copyright © All right reserved to setomasi.com
Site By: SobizTrend Technology