Logo

२०८३, आश्विन ११गते


images
images

देवदह नगर कार्यपालिकाको बैठक सम्पन्न, स्थगित भएको नगरसभा भोलि बस्ने

देवदह नगर कार्यपालिकाको बैठक सम्पन्न, स्थगित भएको नगरसभा भोलि बस्ने

images
  • देवदह नगर कार्यपालिकाको बैठक सम्पन्न, स्थगित भएको नगरसभा भोलि बस्ने
    फाइल फोटो
    images
    images

    देवदह । देवदह नगरपालिका नगर कार्यपालिकाको १२८औं र १२९औं बैठक सम्पन्न भएको छ । बिहीवार सम्पन्न १२८औं र शुक्रवार सम्पन्न १२९औं बैठक र बैठक लिएका निर्णयहरू बिहीवार नगर प्रवक्ता गणेश डुम्रेले संचारकर्मीलाई उपलब्ध गराएका हुन् ।

    images
    images
    images

    प्रवक्ता डुम्रेका अनुसार बिहीवार सप्पन्न बैठकले आर्थिक बर्ष २०७९/८० को अनुमानित बजेट संसोधन सहित नगरसभामा पेश गर्ने र स्थगित भएको शनिबार (भोलि) सूचारू गर्ने लगायतका निर्णय कार्यपालिकाले गरेको छ  ।  

    images
    images
    images

    हेर्नुहोस् नगर प्रवक्ताले संचारकर्मीलाई उपलब्ध गराएका दुबै बैठकका निर्णयहरू :

    images
    images
    images


    देवदह नगरपालिका नगर कार्यपालिकाको मिति २०७९/०३/२३ गते सप्पन्न  १२८ औ बैठकका महत्वपूर्ण निर्णयहरु
    १.आगामी आर्थिक बर्ष २०७९/८० को अनुमानित बजेट संसोधन सहित नगरसभामा पेश गर्ने
    २. नगरपालिका कार्यरत करार सेवा कर्मचारीहरुको ६ महिना समयावधि थप गर्ने
    ३. जिल्ला मालपोत बाट आगामी आ ब को लागि जग्गाको मुल्य सुझाव सम्वन्धमा भुमी सम्बन्धि करका दरहरु कुनै हेरफेर नगरी यथावत राख्न जिल्ला मालपोत रुपन्देहीमा सुझाव दिने
    ४.तपशिल बमोजिमको नगर स्तरीय  भुमी सम्बन्धि समस्या समाधान  सहजीकरण समिति 
    संयोजक धुर्व प्रसाद खरेल नगर प्रमुख
    सह संयोजक बिद्यालक्ष्मी गुरुङ नगर उपप्रमुख
    सदस्य श्री फुलमाया राना
    सदस्य श्री डिल्लीराज मरासिनी 
    सदस्य श्री मोतिलाल ढकाल 
    श्री शान्ता भट्टराई कार्यपालिका सदस्य 
    श्री लक्ष्मी बि. क. कार्यपालिका सदस्य 
    श्री डिल्लीराज बेल्बासे सदस्य सचीव प्रमुख प्रसासकिय अधिकृत 
    ५ हाल नापी भैरहेको  ब्लकको अव्यवस्थित तथा सुकुम्बासी सम्बन्धि जग्गाको मुल्यांकन सम्बन्धमा हाल नगरपालिकाले कायम गरेको मुल्यको ५०% कम मुल्यांकन गरि सिफारिस गर्ने( यो निर्णय भुमी आयोग प्रयोजनका लागि मात्रै )
    ६. नगरपालिका भरिको सडक , खोला, कुलो, घोलाको क्षेत्राधिकार सम्बन्धमा सम्बन्धित वार्ड अध्यक्षको नेतृत्वमा नगरपालिकाको प्राबिधिक सहितको टोलिले सम्बन्धित खोला घोला, कुलोको नापजाँच गरि क्षेत्राधिकार तोक्ने 

    मिति २०७९/३/२३ गते सप्पन्न  १२९ औ बैठकका निर्णयहरु

    १. नगरपालिका बिपत समितिको सिफारिसको अनुसार नगरभरिको खाल्टाखुल्टी प्राबिधिकको इस्टिमेट अनुसार जनप्रतिनिधि जिम्मेवार रहने गरि पुर्ने सम्माउने।
    २. विभिन्न ६ वटा विषयगत समितिको बैठक बाट प्राप्त महत्त्वपूर्ण  सुझावलाई ग्रहण गरि बजेटमा समाबेश गर्ने
    ३. देवदह नगरपालिकाबाट सप्पन्न योजना र संरचनाको  छानबिन गर्न तपशिल बमोजिमको ५ सदस्यीय समिति गठन गर्ने
    १ गणेश डुम्रे संयोजक, प्रबक्ता एब  वार्ड अध्यक्ष वार्ड न ५ 
    २. हरि प्रसाद पाण्डे वार्ड अध्यक्ष वार्ड न ८
    ३. मोहन जि सि वार्ड अध्यक्ष वार्ड न ९
    ४. दुधनाथ यादव वार्ड  अध्यक्ष वार्ड न ११
    ५. शान्ता भट्टराई कार्यपालिका सदस्य 
    ४. देवदह नगरपालिकाको नगर सभा मिति २०७९/०३/२५ गते दिउँसो १ बजे B 25 कटेजमा गर्ने 
    सम्पुर्ण निर्णयहरु सर्वसम्मत भएको जानकारी गर्दछु।

    गणेश डुम्रे 
    नगर प्रबक्ता 
    देवदह नगरपालिका

    images
    images
    images
    images
    images
    images
    images
    images
    images
    images
    images
  • सम्बन्धित विषय:

  • # देवदह
  • images

    Copyright © All right reserved to setomasi.com

    सेतोमसीमा प्रकाशित कुनै पनि सामग्रीहरू छापा, विद्युतीय वा अन्य कुनै पनि माध्यमबाट प्रकाशन वा प्रशारण गर्नुअघि अनुमति लिनुहुन अनुरोध छ ।