Logo

२०८३, आश्विन ९गते


images
images

कविता : मेरो भोट फिर्ता ले !

कविता : मेरो भोट फिर्ता ले !

images
  • सेतोमसी सहकर्मी
  • कविता : मेरो भोट फिर्ता ले !
    images
    images

    मेरो भोट फिर्ता ले !

    images
    images
    images

    तँ चाहिएन सरकार
    मेरो भोट फिर्ता ले !

    images
    images
    images

    म… म स्वास फेर्न सकेको छैन
    तँ मन्त्री फेर्दै छस
    म… म खोप कुर्दैछु
    तँ कमिसन हेर्दैछस
    म… म स्वास्थ्य संकटकालको परिकल्पनामा छु
    तँ राजनैतिक संकटकालको तयारिमा छस

    images
    images
    images

    म… ट्रयाक्टर नपाएर चौबाटोमै मर्दैछु
    तँ चुनाव लडन हेलिकप्टर चढदैछस
    म… मेरा बिरामी बा-आमालाइ भेट्न पाइराखेको छैन
    तँ बिदेशी एजेण्ट भेट्दैछस
    म… मेरै देशमा केही गर्न र यहि मर्न चहान्छु
    तँ पराइकोलागि जनता मार्ने तानाबाना बुन्दैछस

    अहँ मलाइ तँ चाहिएन सरकार
    बिल्कुलै चाहिएन तँ
    मेरो भोट फिर्ता ले !
    तुरुन्त फिर्ता ले !!

    ✍️ सौगात आचार्य
    (सौगात आचार्यको यो कविता सामाजिक संजालबाट लिइएको हो । )

    images
    images
    images
    images
    images
    images
    images
    images
    images
    images
    images
  • सम्बन्धित विषय:

  • # सौगात आचार्य
  • # कविता
  • सेतोमसी सहकर्मी
    images

    Copyright © All right reserved to setomasi.com

    सेतोमसीमा प्रकाशित कुनै पनि सामग्रीहरू छापा, विद्युतीय वा अन्य कुनै पनि माध्यमबाट प्रकाशन वा प्रशारण गर्नुअघि अनुमति लिनुहुन अनुरोध छ ।