देवदह । गरिबी निवारणका लागि लघु उद्यम विकास कार्यक्रममा सहभागी महिलालाई सिलाई मेसिन हस्तान्तरण गरिएको छ । देवदह वडा नं. ५ मा संचालित सीप सिकाई तालिममा सहभागी १३ जना महिलालाई बिहीवार मेसिन हस्तान्तरण गरिएको हो ।
सिलाइ कटाइ र गुडिया बनाउने तालिम पश्चात् महिला उद्यम विकासको लागि २० प्रतिशत तालिममा सहभागीको लागत सहभागीता सहित सिलाइ मेसिन प्रबिधि हस्तान्तरण गरिएको देवदह नगरपालिकाका प्रबक्ता समेत रहेका वडाध्यक्ष गणेश डुम्रेले बताए । 'तालिम मार्फत सीप सिकेर सिलाई गर्न चाहने दिदिबहिनीहरुलाई १३ वटा मेसिन सेट हस्तान्तरण गरिएको छ,' उनले भने ।
नगर प्रमुख ध्रुब प्रसाद खरेल अध्यक्षतामा सम्पन्न कार्यक्रममा उपप्रमुख बिद्यालक्ष्मी गुरुङ, प्रमुख प्रसासकिय अधिकृत डिल्लीराज बेल्बासे, वार्ड न ५ का अध्यक्ष गणेश डुम्रे, अधिकृत गंगा प्रसाद पन्थी, तिर्थ भण्डारी लगायतको उपस्थितिमा रहेको थियोे ।
Copyright © All right reserved to setomasi.com
Site By: SobizTrend Technology