Logo

२०८३, आश्विन १८गते


images
images

एमालेले कार्तिकभित्रै देवदहका १२ शाखा कमिटीको अधिवेशन गर्ने

एमालेले कार्तिकभित्रै देवदहका १२ शाखा कमिटीको अधिवेशन गर्ने

images
  • एमालेले कार्तिकभित्रै देवदहका १२ शाखा कमिटीको अधिवेशन गर्ने
    images
    images

    देवदह । नेकपा एमाले देवदह नगर कमिटीको विस्तारित बैठकले पार्टीको शाखा कमिटि अधिवेशन गर्ने निर्णय गरेको छ । विस्तारित बैठकले कार्तिक महिना भित्र देवदहका १२ वटै शाखा कमिटीको अधिवेशन गर्ने निर्णय गरेको हो । 

    images
    images
    images

    बैठकले शाखा कमिटीको अधिवेशन सम्पन्न गर्न पार्टीका नेता, कार्यकर्ताहरुलाई जिम्मेवारी प्रदान गरिएको नगर कमिटीका अध्यक्ष भट्टराईले जानकारी दिए । सो अवसरमा बोल्दै पार्टीका केन्द्रिय सचिव छविलाल विश्वकर्माले अहिले नेकपा एमालेलाई विभिन्न शक्तिहरुले प्रहार गरिरहेको बताए । 

    images
    images
    images

    उनले विभिन्न शक्तिहरुले गरेको प्रहारलाई रोक्नको लागि पार्टीका कार्यकर्ताहरु ईमान्दार भएर लाग्न आग्रह गरे । पुर्व प्रतिनिधि सभा सदस्य समेत रहेका सचिव विश्वकर्माले पार्टी अध्यक्षको बहिर्गमनले मात्र अहिलेको समस्या समाधान नहुने भन्दै सवैले आ–आफनो कमीकमजोरीलाई आत्मसाथ गर्न आवश्यक रहेको बताए । 

    images
    images
    images

    विश्वकर्माले वर्तमान सरकार नागरिक प्रति जवाफदेही बन्न नसकेको बताउदै संविधान र राष्ट्रियता जोगाउनको लागि विचार मिल्नेसंग सहकार्य गरेर अगाडि बढ्न सकिने बताए । विस्तारित बैठकमा पार्टीका जिल्ला अध्यक्ष यज्ञ गैरे, पूर्णचन्द्र पुरी, कुमार दमाई, णप्रसाद न्यौपाने, विष्णुप्रसाद ज्ञवाली लगायतले बोल्दै स्थानीय देखि केन्द्र सम्मका पार्टीका नेताहरु सच्चिन आवश्यक रहेकोमा जोड दिए । 

    नगर कमिटीका अध्यक्ष केशव भट्टराईको अध्यक्षता, उपाध्यक्ष कोषबहादुर गुरुङ्गको स्वागत र सचिव गणेश डुम्रेको सञ्चालनमा भएको विस्तारित बैठकमा पार्टीका नेता, कार्यकर्ताहरुको सहभागिता थियो । 

     

    images
    images
    images
    images
    images
    images
    images
    images
    images
    images
    images
  • सम्बन्धित विषय:

  • # देवदह एमाले
  • images

    Copyright © All right reserved to setomasi.com

    सेतोमसीमा प्रकाशित कुनै पनि सामग्रीहरू छापा, विद्युतीय वा अन्य कुनै पनि माध्यमबाट प्रकाशन वा प्रशारण गर्नुअघि अनुमति लिनुहुन अनुरोध छ ।