कृष्ण अन्जान, गुल्मी । गुल्मी जिल्लाकाे छत्रकाेट गाउँपालिले साेमबारबाट विद्युतीय भुक्तानी सरवा सुरुवात गरेकाे छ ।
गाउँपालिकाले सेवा प्रवाहमा सुचना प्रविधिकाे प्रयाेग गर्दै छत्रकाेट गाउँपालिकाका प्रमुख प्रशासकीय अधिकृत कृष्ण प्रसाद पन्थीले विद्युतिय भुक्तानि सेवाकाे शुरुवात गरे ।
गाउँपालिकाले सुरुवात गरेको EFT (Electronic Fund Transfer) मार्फत खातामा रकम ट्रान्सफर गर्ने कार्यले सेवाग्राहीलाई अनावस्यक झण्झट नहुने र सिधै रकम बैँकमा जाने छ ।
गाउँपालिका प्रमुख राम प्रसाद पाण्डे, उपप्रमुख सावित्रा ज्ञवालीका साथै गाउँपालिकाका कर्मचारी र पत्रकार समेतकाे उपस्थितिमा ताराहान्ने खानेपानी आयाेजना र डाँग्रि पाेखरा ट्रस्टलाई इपेमेन्ट गर्दै विद्युतिय भुक्तानि सेवा शुरु गरिएकाे हाे।
पालिकाका लेखा अधिकृत सन्ताेष जिसिले विद्युतीय भुक्तानीले सेवाग्राही चेक लिन भौतिक रुपमा उपस्थित हुन नपर्ने र गाउँपालिकाले प्रदान गर्ने सेवामा पारदर्शिता, छिटो, सहज, मितव्ययी र पारदर्शी हुने अपेक्षा व्यक्त गरे ।
छत्रकाेट गाउँपालिकामा सेवा लिने सेवाग्राहीले पनि अब चेक नसाटिने, चेकमा छाप छुट्ने, चेक च्यातिने, चेक हराउने, चेककाे म्याद सकिने र पुनः चेक जारी गर्नुपर्ने लगायतका समस्याहरु झेल्न नपर्ने भएको छ । गुल्मीमा यस अघि नै गुल्मी दरबार गाउँपालिका, इस्मा गाउँपालिका र मालिका गाउँपालिकाले विद्युतिय भुक्तानी सेवा सुरू गरिसकेका छन् ।
Copyright © All right reserved to setomasi.com
Site By: SobizTrend Technology