देवदह । साहित्यकार नवराज न्यौपानेको स्मृतिमा आयोजित विद्यालयस्तरीय कविता प्रतियोगिता ‘उज्यालोमा कवि नवराज’ मा प्रितम भुषाल प्रथम भएका छन् । प्रतियोगितामा नुर्याङ सारु द्वितीय र निजु श्रेष्ठ तृतीय भए ।
उज्यालो लाल्टिन प्रतिष्ठानको आयोजनामा भएको प्रतियोगितामा देवदहका १६ विद्यालयको प्रतिनिधित्व गर्दै १६ जना विद्यार्थी कविले आफ्ना कविता वाचन गरेका थिए ।
कार्यक्रमको अध्यक्षता नकुल पौडेलले गरेका थिए भने मुकेश ज्ञवालीले सञ्चालन गरेका थिए । महामाया भवानी माध्यमिक विद्यालयका पूर्वप्रधानाध्यापक दिनानाथ अर्याल प्रमुख अतिथि रहेको कार्यक्रममा हरैया बहुमुखी क्याम्पसका केपी धुँवाले र साहित्यकार तथा प्रकाशक दीप मिलन निर्णायकको रुपमा रहेका थिए ।
कार्यक्रममा युवा साहित्यकार समिन गैरेले साहित्यकार नवराज न्यौपानेको संक्षिप्त जीवनी प्रस्तुत गरेका थिए। गैरेका अनुसार न्यौपाने उज्यालो लाल्टिन प्रतिष्ठानका आजीवन सदस्य थिए।
रक्त क्यान्सरसँग तीन वर्षभन्दा बढी समय संघर्ष गरेका न्यौपानेको २)८२ असोज १२ गते निधन भएको थियो। उनका प्रकाशित कृतिमध्ये ‘सपनाका लहरहरू’ कविता संग्रहको पाँचौँ संस्करणसमेत प्रकाशित भइसकेको छ।
प्रतियोगिताले विद्यार्थीहरूमा सिर्जनात्मक लेखन, कविता वाचन र साहित्यप्रतिको रुची अभिवृद्धि गर्ने उद्देश्य राखेको आयोजकले जनाएको छ ।
Copyright © All right reserved to setomasi.com
Site By: SobizTrend Technology