Logo

२०८३, आश्विन ९गते


images
images

अन्तर्राष्ट्रिय महिला दिवसका अवसरमा विद्यालयस्तरीय कविता प्रतियोगिता सम्पन्न

अन्तर्राष्ट्रिय महिला दिवसका अवसरमा विद्यालयस्तरीय कविता प्रतियोगिता सम्पन्न

images
  • अन्तर्राष्ट्रिय महिला दिवसका अवसरमा विद्यालयस्तरीय कविता प्रतियोगिता सम्पन्न
    images
    images

    देवदह । ११६औँ अन्तर्राष्ट्रिय महिला दिवसको अवसर पारेर देवदहमा विद्यालयस्तरीय कविता प्रतियोगिता-२०८२ सम्पन्न भएको छ ।

    images
    images
    images

    देवदह नगरपालिकाको आयोजनामा भएको प्रतियोगितामा १० वटा विद्यालयका विद्यार्थीहरूको सहभागिता रहेको थियो । प्रतियोगितामा उत्कृष्ट प्रस्तुति दिने विद्यार्थीहरूलाई नगद पुरस्कार, सिल्ड तथा प्रमाणपत्र प्रदान गरिएको थियो ।

    images
    images
    images

    प्रतियोगिताको नतिजाअनुसार केरवानी माध्यमिक विद्यालयकी रुमानी काफ्ले प्रथम भइन् । उनले १५ हजार रुपैयाँ नगद, सिल्ड र प्रमाणपत्र प्राप्त गरिन्।
    ग्रीन प्लान्ट आवासीय माध्यमिक विद्यालयकी सुनामी गैरे द्वितीय भइन्। उनले १२ हजार रुपैयाँ नगद, सिल्ड र प्रमाणपत्र प्राप्त गरिन्।
    त्यस्तै न्यू लुम्बिनी ई. बोर्डिङ स्कूलकी निर्वना राना तृतीय भइन्। उनले ९ हजार रुपैयाँ नगद, सिल्ड र प्रमाणपत्र प्राप्त गरिन्।

    images
    images
    images

    यसैगरी युगज्योति विद्यालयकी निरिसा चौवे र लक्ष्मी आविकी रक्षा ज्ञवालीले सान्त्वना स्थान हासिल गर्दै जनही ५ हजार रुपैयाँ नगद, सिल्ड र प्रमाणपत्र प्राप्त गरेका थिए ।

    नगर उपप्रमुख विद्यालक्ष्मी गुरुङको अध्यक्षतामा सम्पन्न भएको प्रतियोगितामा नगरप्रमुख ध्रुब प्रसाद खरेल प्रमुख अतिथि रहेका थिए । प्रतियोगितामा प्रमुख प्रशासकीय अधिकृत मधु कृष्ण पौडेल, कृष्णमाया राना, सान्ता भट्टराई र सङ्गीता बिक सहभागी भएका थिए ।

    प्रमुख अतिथि धुर्ब प्रसाद खरेलले शुभकामना मन्तव्य व्यक्त गर्दै अझै पनि समाजमा केही विभेदहरू विद्यमान रहेको बताउँदै ती विभेदहरूलाई क्रमशः हटाउँदै लैजानुपर्ने धारणा राखे। उनले गीत, गजल र कविताजस्ता सिर्जनात्मक माध्यमबाट समाजलाई सकारात्मक रूपान्तरण गर्न सकिने बताए ।
    त्यस्तै विशिष्ट अतिथि मधु कृष्ण पौडेलले अधिकारसँगै दायित्व पनि समान रूपमा निर्वाह गर्नुपर्नेमा जोड दिए ।

    कार्यक्रम कृष्णमाया रानाको स्वागत र इन्दिरा भुसालको सञ्चालनमा सम्पन्न भएको थियो ।

     

     

    images
    images
    images
    images
    images
    images
    images
    images
    images
    images
    images
  • सम्बन्धित विषय:

  • # कविता प्रतियोगिता
  • images

    Copyright © All right reserved to setomasi.com

    सेतोमसीमा प्रकाशित कुनै पनि सामग्रीहरू छापा, विद्युतीय वा अन्य कुनै पनि माध्यमबाट प्रकाशन वा प्रशारण गर्नुअघि अनुमति लिनुहुन अनुरोध छ ।