Logo

२०८३, कार्तिक २५गते


images
images

एशियाली खेलकुद

एशियाली खेलकुद : क्रिकेटको दोस्रो क्वार्टरफाइनल पनि रद्द, भारत सेमिफाइनलमा

एशियाली खेलकुद : क्रिकेटको दोस्रो क्वार्टरफाइनल पनि रद्द, भारत सेमिफाइनलमा

images
  • एशियाली खेलकुद : क्रिकेटको दोस्रो क्वार्टरफाइनल पनि रद्द, भारत सेमिफाइनलमा
    images

    काठमाडौँ । एसियाली खेलकुदअन्तर्गत पुरुष क्रिकेटको दोस्रो क्वार्टरफाइनल खेल पनि भारी वर्षाका कारण रद्द भएको छ । खेल रद्द भएपछि भारत सेमिफाइनलमा प्रवेश गरेको छ ।

    images
    images
    images

    यस खेलमा भारतले अफगानिस्तानको सामना गर्ने तयारी गरेको थियो । कोरोगी खेलकुद पार्कमा हुने भनिएको खेल लगातार वर्षाका कारण टससमेत नभई रद्द भएको थियो । 

    images
    images
    images

    भारतले अब सेमिफाइनलमा नेपाल र श्रीलंकाबीचको क्वार्टरफाइनलको विजेतासँग खेल्नेछ ।

    images
    images

    यसअघि आजै भएको पहिलो क्वार्टरफाइनलमा पाकिस्तान र हङकङबीचको खेल पनि वर्षाका कारण रद्द भएको थियो । अन्तर्राष्ट्रिय टी-२० वरीयताका आधारमा पाकिस्तान सेमिफाइनलमा पुगेको छ । पाकिस्तानले अब बंगलादेश र मलेसियाबीचको क्वार्टरफाइनलको विजेतासँग सेमिफाइनल खेल्नेछ ।

    अब नेपाल र श्रीलंकाबीचको क्वार्टरफाइनल खेल भने भोलि हुनेछ । त्यस्तै बंगलादेश र मलेसियाबीचको क्वार्टरफाइनल पनि भोलि नै हुने तालिका छ ।

    वर्षाका कारण लगातार खेल प्रभावित भएपछि बाँकी खेलका लागि मौसम सुधार हुने अपेक्षा गरिएको छ ।

     

     

    images
    images
    images
    images
    images
    images
    images
    images
    images
    images
  • सम्बन्धित विषय:

  • # एशियाली खेलकुद
  • images

    Copyright © All right reserved to setomasi.com

    सेतोमसीमा प्रकाशित कुनै पनि सामग्रीहरू छापा, विद्युतीय वा अन्य कुनै पनि माध्यमबाट प्रकाशन वा प्रशारण गर्नुअघि अनुमति लिनुहुन अनुरोध छ ।