Logo

२०८३, आश्विन ९गते


images
images

ब्राइटनसँग आर्सनल स्तब्ध

ब्राइटनसँग आर्सनल स्तब्ध

images
  • ब्राइटनसँग आर्सनल स्तब्ध
    images
    images

    काठमाडौँ । इङ्लिस प्रिमियर लिगमा आर्सनललाई ब्राइटनले ३-० गोल अन्तरले पराजित गरेको छ ।

    images
    images
    images

    गएराती सम्पन्न खेलमा ब्राइटनले पहिलो हाफमै दुई गोल गर्दै आर्सनलमाथि दबाब बनाएको थियो । ब्राइटनका लागि पास्कल ग्रोसले ३१औँ मिनेटमा गोल गर्दै टोलीलाई अग्रता दिलाएका थिए । पहिलो हाफको अन्तिम समयमा चारालाम्पोस कोस्टुलासले गोल गरेपछि ब्राइटन २–० ले अघि बढेको थियो । दोस्रो हाफ सुरु भएको केही समयमै ब्राइटनले तेस्रो गोल थप्यो । ५७औँ मिनेटमा चेमा आन्द्रेसले गोल गर्दै घरेलु टोलीको अग्रता ३–० मा पुर्‍याएका थिए । त्यसपछि आर्सनलले खेलमा फर्किने प्रयास गरे पनि गोल गर्न सकेन ।

    images
    images
    images

    यो हारसँगै आर्सनलको सिजनको सुरुवातमा रहेको लगातार जितको क्रम रोकिएको छ । खेलअघि आर्सनलले प्रिमियर लिगका चारवटै खेल जितेको थियो । ब्राइटनका लागि भने यो जित विशेष रह्यो । आर्सनलविरुद्ध तीन गोल गरेको टोलीले पछिल्लो खेलमा कोभेन्ट्री सिटीलाई ५-० ले हराएको थियो ।

    images
    images
    images

    यो जितपछि ब्राइटनको ५ खेलमा १० अंक भएको छ र लिगमा चौथो स्थानमा छ भने आर्सनलको ५ खेलमा १२ अंक रहेको छ र लिगमा दोस्रो स्थानमा छ ।

    images
    images
    images
    images
    images
    images
    images
    images
    images
    images
    images
  • सम्बन्धित विषय:

  • # इङ्लिस प्रिमियर लिग
  • images

    Copyright © All right reserved to setomasi.com

    सेतोमसीमा प्रकाशित कुनै पनि सामग्रीहरू छापा, विद्युतीय वा अन्य कुनै पनि माध्यमबाट प्रकाशन वा प्रशारण गर्नुअघि अनुमति लिनुहुन अनुरोध छ ।