Logo

२०८३, कार्तिक ३गते


images
images

नटिङ्घम फरेस्टमाथि आर्सनलको कठिन जित

नटिङ्घम फरेस्टमाथि आर्सनलको कठिन जित

images
  • नटिङ्घम फरेस्टमाथि आर्सनलको कठिन जित
    images
    images

    काठमाडौँ । इङ्लिस प्रिमियर लिगअन्तर्गत आर्सनलले नटिङ्घम फरेस्टलाई १–० गोलले पराजित गरेको छ । आइतबार राति भएको खेलमा नोनी मादुएकेले खेल सकिन १० मिनेट बाँकी छँदा गरेको गोल निर्णायक बनेको थियो । 

    images
    images
    images

    नटिङ्घमस्थित सिटी ग्राउन्डमा भएको खेलको पहिलो हाफ गोलरहित बराबरीमा सकिएको थियो । आर्सनलले बलमा बढी नियन्त्रण राखे पनि पहिलो हाफमा गोल गर्न सकेन । घरेलु टोली फरेस्टले पनि केही अवसर सिर्जना गरे पनि त्यसलाई गोलमा परिणत गर्न सकेन ।

    images
    images
    images

    दोस्रो हाफमा आर्सनलका प्रशिक्षक मिकेल आर्टेटाले मादुएकेलाई मैदानमा उतारेका थिए। उनले खेलको ८०औँ मिनेटमा गोल गर्दै आर्सनललाई अग्रता दिलाए । उनको प्रहार फरेस्टका खेलाडी जाइर कुन्हालाई लागेर गोलमा परिणत भएको थियो । 

    images
    images
    images

    खेलको अन्तिम समयमा फरेस्टले बराबरी गोल फर्काउने प्रयास गरे पनि सफल हुन सकेन । आर्सनलले एक गोलको अग्रता जोगाउँदै महत्त्वपूर्ण तीन अङ्क हासिल गर्‍यो ।

    यस जितसँगै आर्सनलले सात खेलबाट १८ अङ्क जोडेको छ र लिगमा दोस्रो स्थानमा रहेको छ । टोली अङ्कतालिकाको शीर्ष स्थानमा रहेको म्यानचेस्टर सिटीभन्दा तीन अङ्कले पछाडि छ । पराजित नटिङ्घम फरेस्ट भने रेलिगेसन क्षेत्रमा पुगेको छ । नटिङ्घमको ७ खेलमा ५ अंक रहेको छ ।

     

    images
    images
    images
    images
    images
    images
    images
    images
    images
    images
    images
  • सम्बन्धित विषय:

  • # इङ्लिस प्रिमियर लिग
  • images

    Copyright © All right reserved to setomasi.com

    सेतोमसीमा प्रकाशित कुनै पनि सामग्रीहरू छापा, विद्युतीय वा अन्य कुनै पनि माध्यमबाट प्रकाशन वा प्रशारण गर्नुअघि अनुमति लिनुहुन अनुरोध छ ।