Logo

२०८३, कार्तिक १६गते


images
images

ब्राइटनसँग म्यानचेस्टर सिटी स्तब्ध

ब्राइटनसँग म्यानचेस्टर सिटी स्तब्ध

images
  • ब्राइटनसँग म्यानचेस्टर सिटी स्तब्ध
    images
    images

    काठमाडौँ । इङ्लिस प्रिमियर लिगअन्तर्गत ब्राइटनले म्यानचेस्टर सिटीलाई १–० गोलले पराजित गरेको छ ।

    images
    images
    images

    गएराती सम्पन्न खेलमा ब्राइटनको जितमा यासिन आयारीले निर्णायक गोल गरेका थिए । उनले खेलको ११औँ मिनेटमा गोल गर्दै टोलीलाई अग्रता दिलाएका थिए । म्याक्सिम डी क्युपरको पासमा आयारीले गरेको प्रहार गोलमा परिणत भएको थियो ।

    images
    images
    images

    खेलमा सुरुवाती अग्रता लिएपछि ब्राइटनले आफ्नो रक्षात्मक प्रदर्शनलाई बलियो बनाएको थियो । घरेलु मैदानमा खेलेको म्यानचेस्टर सिटीले गोल फर्काउन निरन्तर प्रयास गरे पनि सफल हुन सकेन ।

    images
    images
    images

    यस जितसँगै ब्राइटनले लिगमा महत्त्वपूर्ण तीन अंक जोडेको छ भने म्यानचेस्टर सिटीले घरेलु मैदानमै हार बेहोरेको छ । यो जितपछि ब्राइटनको ९ खेलमा १९ अंक भएको छ र लिगमा तेस्रो स्थानमा उक्लिएको छ । त्यस्तै म्यानचेस्टर सिटीको यस सिजनमा लिगमा दोस्रो हार हो । सिटीको ९ खेलमा २१ अंक छ र शिर्ष स्थानमा रहेको छ ।

     

     

    images
    images
    images
    images
    images
    images
    images
    images
    images
    images
    images
  • सम्बन्धित विषय:

  • # इङ्लिस प्रिमियर लिग
  • images

    Copyright © All right reserved to setomasi.com

    सेतोमसीमा प्रकाशित कुनै पनि सामग्रीहरू छापा, विद्युतीय वा अन्य कुनै पनि माध्यमबाट प्रकाशन वा प्रशारण गर्नुअघि अनुमति लिनुहुन अनुरोध छ ।