Logo

२०८३, आश्विन ९गते


images
images

आर्सनलको लगातार चौथो जित, सन्डरल्यान्डमाथि २-० ले पराजित

आर्सनलको लगातार चौथो जित, सन्डरल्यान्डमाथि २-० ले पराजित

images
  • आर्सनलको लगातार चौथो जित, सन्डरल्यान्डमाथि २-० ले पराजित
    images
    images

    काठमाडौँ । इङ्लिस प्रिमियर लिगमा आर्सनलले सन्डरल्यान्डलाई २-० गोल अन्तरले पराजित गर्दै सिजनको शतप्रतिशत सुरुआत कायम राखेको छ । शनिबार राति सन्डरल्यान्डको घरेलु मैदानमा भएको खेलमा आर्सनलले कठिन प्रतिस्पर्धाबीच महत्वपूर्ण तीन अंक जोडेको हो ।

    images
    images
    images

    गोलरहित पहिलो हाफपछि ५७औँ मिनेटमा ब्रुनो गिमारेसले उत्कृष्ट लामो दूरीको प्रहारमार्फत आर्सनललाई अग्रता दिलाएका थिए । त्यसअघि सन्डरल्यान्डले पेनाल्टी पाएको थियो, तर डेभिड रायाले उत्कृष्ट बचाउ गर्दै एन्जो ले फेको प्रहार रोकेका थिए ।

    images
    images
    images

    इन्जुरी समयको सातौँ मिनेटमा बुकायो साकाले पेनाल्टीमार्फत दोस्रो गोल गरेपछि आर्सनलको जित निश्चित भएको थियो । सन्डरल्यान्डका रेनिल्डो मान्डाभालाई दोस्रो पहेँलो कार्डपछि मैदानबाट बाहिर पठाइएको थियो ।

    images
    images
    images

    यस जितसँगै आर्सनलले चार खेलबाट चारै जित निकाल्दै १२ अंक जोडेको छ र प्रिमियर लिगको शीर्ष स्थानमा पुगेको छ । आर्सनलले चार खेलमा विपक्षीलाई केवल एक गोल गर्न दिएको छ ।

     

     

    images
    images
    images
    images
    images
    images
    images
    images
    images
    images
    images
  • सम्बन्धित विषय:

  • # इङ्लिस प्रिमियर लिग
  • images

    Copyright © All right reserved to setomasi.com

    सेतोमसीमा प्रकाशित कुनै पनि सामग्रीहरू छापा, विद्युतीय वा अन्य कुनै पनि माध्यमबाट प्रकाशन वा प्रशारण गर्नुअघि अनुमति लिनुहुन अनुरोध छ ।