Logo

२०८३, आश्विन ९गते


images
images

समाचार

वन पैदावारको राजस्व चुहावट प्रकरणमा थप एक जनाविरुद्ध मुद्धा दायर

वन पैदावारको राजस्व चुहावट प्रकरणमा थप एक जनाविरुद्ध मुद्धा दायर

images
  • वन पैदावारको राजस्व चुहावट प्रकरणमा थप एक जनाविरुद्ध मुद्धा दायर
    images
    images

    काठमाडौं । अख्तियार दुरुपयोग अनुसन्धान आयोगले सागरनाथ वन विकास परियोजनाको जग्गाबाट उत्खनन् गरिएको वन पैदावार (नदीजन्य पदार्थ) को रोयल्टी नतिरी राजस्व चुहावट गरेको प्रकरणमा रसुवा कन्स्ट्रक्सनका सञ्चालक राजेन्द्रराज आचार्यविरुद्ध विशेष अदालतमा आरोपपत्र दायर गरेको छ ।

    images
    images
    images

    आयोगका अनुसार विशाल घिमिरेसमेत प्रतिवादी रहेको राजस्व चुहावट तथा भ्रष्टाचारसम्बन्धी मुद्दामा आचार्यलाई अनुसन्धानमा सहयोग गरी प्रमाण संकलनमा योगदान गरेको आधारमा सजायमा पूर्ण छुट दिई सरकारी साक्षीका रूपमा प्रस्तुत गरिएको थियो ।

    images
    images
    images

    तर, २०८३ भदौ १० गते विशेष अदालतमा बकपत्र गर्दा उनले आयोगका अनुसन्धान अधिकृतसमक्ष दिएको बयानविपरीत बकपत्र गरेको अनुसन्धानबाट खुलेको आयोगले जनाएको छ ।

    images
    images
    images

    आयोगका अनुसार आचार्यले बागमती नगरपालिकासँग प्रचलित कानुनभन्दा कम मूल्यमा ३ हजार घनमिटर वन पैदावार खरिद गर्ने सम्झौता गरेका थिए । सागरनाथ वन विकास परियोजना क्षेत्रमा रोयल्टी दाखिला नगरी वन पैदावार उत्खनन् तथा राजस्व चुहावट गर्ने कार्यमा मुख्य कसुरदारसँग मिलेमतो गरी सहयोग गरेको आयोगको दाबी छ ।

    आयोगले ९ लाख ५३ हजार ४९६ रुपैयाँ बिगो कायम गरी भ्रष्टाचार निवारण ऐन, २०५९ बमोजिम मुख्य कसुरदारसरह कैद तथा चुहावट भएको राजस्वको दोब्बर जरिबाना मागदाबी गरेको छ ।

    आयोगले आचार्यलाई कसुरमा मतियार भएको दाबी गर्दै आज विशेष अदालत, काठमाडौंमा आरोपपत्र दायर गरेको जनाएको छ ।

    images
    images
    images
    images
    images
    images
    images
    images
    images
    images
    images
  • images

    Copyright © All right reserved to setomasi.com

    सेतोमसीमा प्रकाशित कुनै पनि सामग्रीहरू छापा, विद्युतीय वा अन्य कुनै पनि माध्यमबाट प्रकाशन वा प्रशारण गर्नुअघि अनुमति लिनुहुन अनुरोध छ ।