कविता : भग्नाबशेष
नौलो आशातित किरण
भरोषा भरपुर बोकेर
नवतरङ सहित
शुरुआत भएको
सपनाको यात्रामा
बिपनाको सार्थक तामा
जिवनयापन्को त्यान्द्रो
नामको त्यान्द्रो
तन्किदै थियो
सफलता को कडि भेट्न
गन्तव्य मा विविध
वाधा न आएका होइनन्
यद्यपि सामना गर्दै
रफ्त्तार मा उडिरहेको यान
अकस्मात ध्वस्त भयो
अस्तायो
आसा
भरोसा
सपना
जिउँदो लास बन्न बाध्य भए
चाहानाहरु
पाइला अघि बड्न चाहेनन्
मडारियो मन बादल बनेर
निलो आकाश मा
घाउका खाटामा माम्री लागेपछि
सम्हालिदै
ढलेका सम्रचना
उठाउने तप्परता
सपना साकार गर्नका लागी
म त्यही भग्नाबसेस्मा
उभिएको छु
हो म त्यही सपना मरेको
सारा सम्पत्ति
खरानी भएको
ध्वस्त
अस्त व्यस्त भगनाबसेसमा
उभिएको छु।
आखाका परेली भिजेका छन।
गरुङो मन
तनभरी पिडाको राप बोकेर
त्यही भग्नाबसेष मा उभिएको छु।
- सुनिता प्रतिबिम्ब
Copyright © All right reserved to setomasi.com
Site By: SobizTrend Technology